तुलसीपुर, १३ चैत । गैराखाली हरियाली सामुदायीक बन उपभोक्ता समूह तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ र ७ दाङको सम्पन्न साधारणसभाले नोखी रावतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । १९ औं साधारणसभा अन्र्तगत  भएको प्रतिनिधीमूलक भेलामा निर्वतमान अध्यक्ष छोलीलाल थारुलाई एक मतले पछि पार्दै रावत अध्यक्षमा बिजयी भएकी हुन् ।

indअध्यक्ष पदमा मात्र भएको निर्वाचनमा बन समूहको कार्यक्षेत्रभित्रका विभिन्न १२ वटा गाउँबाट छनोट भएका १२ जना र आजको भेलाले मनोनित गरेका तीन जना गरी १५ जनाले मात्रै मतदान गरेका थिए । कूल १५ मत मध्य ८ मत लिएर रावत गैराखाली बनको २१ बर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्षमा निर्वाचित भएकी हुन् ।

यस्तै समितिको महिला उपाध्यक्षमा कमला भण्डारी, खुला उपाध्यक्षमा जगदिश भण्डारी, सचिवमा बासुदेव आचार्य, सहसचिवमा कृष्ण चौधरी र कोषाध्यक्षमा मनिकर्ण चौधरी रहेका छन् । समितिको सदस्यहरुमा बेलकुमारी खत्री, सीता दमाई, साबित्रा दशौंदी, मैना भण्डारी, हेमु नेपाली, छोटीलाल थारु, पञ्चाराम शार्की, भुमा केसी र दुर्गादेवी केसी रहेका छन् ।