तुलसीपुर, १३ चैत्र । चुरे पहाड तथा महाभारत पहाडको चुनढुंगा उत्खनन् भएमा दाङ मरुभुमीकरण हुने यहाँका सरोकारवालाले बताएका छन् । दाङलाई मरुभुमिकरण हुन नदिन चुरे पहाड तथा महाभारत पहाडको उत्खनन् रोक्नु पर्नेमा उनीहरुको जोड थियो । उत्खनन् नरोकिएमा पानीका मुहानहरु भासिने तथा सुक्ने समस्या हुने उनीहरुको भनाई थियो । यदि यस्तो अबस्था भए दाङको भबिष्य अन्यौल हुने भन्दै यस तर्फ सजक रहनुपर्ने उनीहरुको भनाई थियो ।
कर्मचारी युनियन दाङले तुलसीपुर खानेपानी तथा सरसफाई संस्थामा गरेको स्वगत तथा बिदाई कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् । युनियनका अध्यक्ष शुसिल श्रेष्ठको अध्यक्षता तथा घोराही खानेपानि डिभिजन कार्यालयका ईञ्जिनियर तिलक न्यौपानेको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।
कार्यक्रममा तुलसीपुर खानेपानीका नबनिर्बाचित अध्यक्ष खेमराज वली, सल्लाहकार बिनोद शर्मा , लमही खानेपानीका सचिव ठाकुर प्रसाद भण्डारी , खानेपानी डिभिजन कार्यालय दाङकाका ईञ्जिनियर तिलक न्यौपाने , घोराही खानेपानीका अध्यक्ष देविराम भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । तुलसिपुर खानेपानीका ईञ्जिनियर विक्रमबावु केसीले स्वागत गरेको कार्यक्रमको सहजीकरण युनियनका सदस्य तुलाराम भण्डारीले गरेका थिए ।
