रबिन्द्र यादव
परासी , १३ चैत्र । नवलपरासीको सिमावर्ती क्षेत्रमा फोहोर मैला व्यवस्थापन नहुँदा जतततै फोहोर मैला बढदै थुप्रिदै गएको छ । स्थनिय व्यपारी र स्थानिय बासीहरुले फोहोर व्यवस्थापन नगरि दशगजा र सो क्षेत्रका चोकचोकमा फोहोर फाल्ने गरेको पाइएको छ ।
फोहोरले स्थानिय तथा यात्रीहरुको स्वास्थ्यमा नाकारात्मक असर गरेको बताएका छन् । फेहोर कुहिएर ति बजारहरु दुर्घन्दित बनेको छ । यसको व्यवस्थापनमा स्थानिय निकाय र बासीहरुको कुनै चाँसो देखिएको छैन ।
सिमावर्ती क्षेत्र महेसपुर, भुजहवाँ, झुल्नीपुर र त्रिवेणी लगायतका क्षेत्रमा फोहोर मैला थुप्रिएको प्रष्ट हेर्न पाईन्छ । ति स्थानिय व्यपारी र बासीहरुले दशगजाहरुमा पनि फोहोरहरु फाली दश गजापनि दुर्घन्दित बनाएका छन् ।
