काठमाडौं, ११ चैत । स्थानीय तह निर्वाचनको सुरक्षार्थ ७५ हजार म्यादी प्रहरीको आवेदन खुलेको छ । नेपाल प्रहरीले शुक्रवारदेखि भर्ना खुला गरेको बताएको छ ।

medi policeइच्छुक र मापदण्ड पुगेका व्यक्तिहरुले सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । जसका लागि कुनै फौजदारी अभियोग नलागेको व्यक्ति, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिकले दरखास्त दिन पाउने व्यवस्था गरिएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण साथै भुपु आर्मी, प्रहरीले सेवा निवृत हुँदाको प्रमाणपत्रका साथ १० रुपैयाँको हुलाक टिकट टाँस गरी फाराम भर्ना सक्ने व्यवस्था गरिएको छ । यसबाट छनोट भएकालाई १५ दिनका लागि नेपाल प्रहरीको जवानले पाए सरह सेवा सुविधा दिइने व्यवस्था गरिएको छ ।