गोविन्द खड्का
घोराही, १० चैत । ‘खेर गएको पानीको सहि सदुपयोग गरौ’ भन्ने मुल नाराका साथ बुधवार विश्व पानी दिवस आयो । त्यसले दाङमा उत्सवको रुप त लिएन नै अधिकांश पानी सम्वन्धि सरोकार राख्ने संस्था र व्यक्तिलाई थाहै दिएन ।

नेपाल रेडक्रस सोसाईटि दाङले पश्चिम दाङमा केहि कार्यक्रम गरेर सुन्य हुन बाट भने बचाएको छ । धनौरी र श्रीगाउमा कार्यक्रम गरेको रेडक्रसका धनौरी संयोजक समिर रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार धनौरीका रगैचा, बैसा खैरा लगाएतका बस्तिमा याली गरीयो । खुला ठाउमा भएको थियो । धनौरी खानेपानी तथा सरसफाइ समितिका गिरीराज बस्नेत, स्थानिय मान बहादुर बुढाथोकी, धर्मराज बस्नेत लगाएतले पानीको सदुपयोग बारे चर्चा गर्नुभएको थियो ।
यसैगरी रेडक्रसले श्रीगाउमा अन्तरकृया गरेको जनाएको छ । संयोजक रेग्मीका अनुसार युवराज शर्माको अध्यक्षतामा बागरमा भएको छलफलमा खेर जाने पानी बाट फाईदा लिन सकिने उपाए खोजिएको थियो । त्यसरी दिवस मनाएको रेडक्रसले घर घरै भाडा मिच्ने र त्यो पानी संग्लीने खाल्टो खन्न दिएको छ । पानी नभएको निहुमा तरकारी किनेर खानेहरु घरमै खेती गर्न थालेका छन् । करेसा बारीमा आफुलाई चाहिने साग, धनिया, मुला, खुर्सानी लगाएत बोट उमारेका छन् । तिन बर्ष अघि कार्यक्रम सुरु गरेको रेडक्रसले सैयौघरमा सदुपयोग गरेको जनाएको छ ।
बजार क्षेत्रका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु यस्ता दिवसमा खास्सै चासो दिएको भेटिन्न । उनिहरु आफ्ना अपभोक्तालाई कसरी पानी पु¥याउन सकिन्छ भन्ने मै केन्द्रित हुन्छन् । टुट फुट भएको, विग्रे भत्केको र नया संरचना निर्माण गर्नमा उनिहरुको सबै समय र शक्ति खर्च हुन्छ । त्यसैले दिवसहरु मनाउने फुर्सद नभएको घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष देवि बहादुर डिसीले जानकारी दिनुभयो । करोडौका खानेपानी आयोजना सम्पन्न गर्नमा दैनिक खट्नु भएका डिसीले यस सम्वन्धी खास्सै टिप्पनी गर्न चाहनु भएन । हल्ला कम र काम बढि गर्ने अध्यक्ष डिसी उपभोक्तालाई खुशि पारेरै पटक पटक उपभोक्ता बाट निर्वाचित हुनु हुन्छ । पानी दिवसलाई महत्व दिनुपर्ने डिसीको धारणा छ ।
कालोपत्रे सडक र विद्युतलाई प्राथमिकता दिने उपभोक्ताको विकासे चेतना छ । भरतपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शंकर गौतमका अनुसार त्यसले पानी कम प्राथमिकतामा पार्छ । सडकले खानेपाी योजना लथालिग पारेर अभाव सिर्जना गर्छ । पानी प्रति आम बुझाई नै कमजोर छ । ‘पानी खुवाउ नै समस्या भा छ’ अध्यक्ष गौतमले भन्नुभयो, ‘गालि खान कार्यक्रम आयोजना गर्नु भैन ।’ उहाका अनुसार उपभोक्ताले बुझेको विल बढि आयो, समयमा पानी आएन यस्तै यस्तै समस्या हुन् ।
उपभोक्ता कार्यक्रममा आएपछि त्यहि उठाउछन् । बरु खानेपानी डिभिजन कार्यालयले चेतनामुलक छलफल गोष्ठि आयोजना गर्नुपर्दथ्यो । पानीको उपयोगीता र महत्व सिकाउनु पर्दथ्यो । घरका धारा काटिएर अभाव सिर्जना भएको सहेर भएपनि बाटो खन्न तयार छ । त्यसरी काटिएको पाईप जोड्न मान्दैनन् । आफुले पाईप काट्ने अरुले नबनाउदा सम्म गालि मात्रै गर्ने चेतना छ । पानी घरमित्रै सरकारले दिने हो भन्ने उपभोक्तामा भरम छ । त्यसलाई डिभिजन कार्यालले यस्तै अबसरमा चिर्नु सक्नु पर्छ ।
समितिका अध्यक्षहरुको जस्तै धारणा छ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ दाङका अध्यक्ष धुर्व ठकुरीको । उहाका अनुसार पानी खानेले पनि महत्व बुझेका छैनन् । पानी नपाएकाले दुःख सल्टाउन मात्रै चाहान्छन् । फारुतिनो गर्न सिके पनि पुःन प्रयोगको विधि जिल्लाका कुनै पनि खानेपानी समितिले लागु गरेको भेटिन्न । केहि क्षेत्रका सिमित व्यक्तिले मात्रै फाईदा लिएका छन् । भाडा माझ्ने ठाउमा खाडल खनेका छन् । यसलाई हरेक भान्सामा विस्तार गर्न जरुरी छ ।
कर्मचारीले थाहै नपाउने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा विश्व पानीदिवस सकिएको छ । ‘हाकिमहरुले केहि भन्नुभईन’ एक कर्मचारीले जानकारी दिदै भने, ‘आजैहो भन्ने थाहै भएन ।’ खुला दिसामुक्त अभियानमा खटेका कर्मचारीहरु तिनै अभियान बाट व्यखबर छन् । यसले खानेपानी कार्यालय समेत त्यति महत्व दिदैन भन्ने कुरा देखाएको छ ।
कार्यक्रममा सहभागि हुन काठमाडौ पुग्नुभएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईञ्जिनियर तिलक न्यौपानेले योजनाहरुमा मनाउन जिम्मेवारी दिएको बताउनुभयोे । उहाले नेपाल रेडक्रस सोसाईटि पुर्ण सरसफाइ अभियान चलाएका ठाउमा राम्रो गरेको बताउनुभयो । त्यस बाहेक अश्वारा खानेपानी लगाएत संस्थाले औपचारीक कार्यक्रम गरेर पानी दिवस मनाएका छन् ।
हात धुने, नुहाउने, भाडा माझ्ने लगाएतमा बगेर खेर गएको पानी उपयोग गर्न अत्यावश्यक रहेको जिल्ला सरसफाइ फोकल पर्सन समेत रहनुभएका ईञ्जिनियर न्यौपानेको भनाई छ । खेर गएको पानी पुनः प्रयोगले करेसा बारी सप्रिन्छ । गमलाहरुमा फुल फुलाउन सकिन्छ र वातावरणमा परिवर्तन ल्याउ“छ । त्यस अघि उपभोक्ताको सदुपयोगको सोच विकास गर्नुपर्छ । बाटोमा फोहर पानी बगाएका गुणासा सुन्नपरेको छ । खानेपानीको केहि बजेट खर्च गरेर चेतना दिनुपर्छ ।
जिल्लामा ७४ प्रतिशत खानेपानीको कभरेज रहेको न्यौपानेले जानकारी दिनुभयो । उहाका अनुसार अझै २६ प्रतिशत बढिले खानेपानीको सुविधा पाएका छैनन् । सरसफाइ अभियान सत प्रतिशत भएको छ । तर पुर्ण सरसफाईको खाता समेत खुलेको छैन । धिमा गतिमा पुर्ण सरसफाइ अभियान चल्नु खानेपानी उपयोगको क्षमतका नरहेकोले हो । पानी बगेर झिंगा भन्किने, मच्छडको हुलले गित गाउने घिन लाग्दो अबस्था छ । त्यहि घर पानी छैन भनेर उजाड मरुभुमि जस्तोमा ठडिएको छ । न्यौपानेका अनुसार बगेर खेरजाने पानी प्रशस्त छ । त्यसलाई उपयोग गर्न नारा निक्कै सान्दर्भीक छ । तर गतिविधि भने देखिने गरी केहि हुन सकेका छैनन् ।
