तुलसीपुर ।  नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसियलको तुलसीपुर ५ मा अनिल कवरको अध्यक्षता मा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

बिहिबार भएको वडा भेलामा तुलसीपुर उपमहानगरपालीका वाईसियलका संयोजक माधव बुढाथोकीले स्थानिय चुनावलाई मध्यनजर गर्दै प्रतेक गाँउ टोलमा वाईसियल गठन गर्ने बताए ।

भेलामा तुलारामा भण्डारी बारुद, अतुल कवर, माईकल गुर्ताल लगाएलकाले मन्तब्य ब्यक्त गरेका थिए । यस्तै गंगलाचुली गाउँपालिकामा नारायण पौडेलको अध्यक्षतामा २१ सदस्यीय वाइसियलको गाउँ कमिटि गठन गरिएको छ ।