दाङ, १० चैत । रुकुम काँक्रीकी बिनी पुन चरेससहित पक्राउ परेकी छिन् । घोराही उपमहानगरपालिका १८ फुर्सेखालीमा डेरा गरी बस्दै आएकी पुनलाई २ सय ३५ ग्राम चरेससहित वडा प्रहरी कार्यालय घोराहीले पक्राउ गरेको हो ।

एकजना महिना पहिले भारतको बहराइचमा २ किलो चरेससहित पक्राउ परेका कर्मकुमारी बुढा र मेघबहादुर बुढाको वयानमा आधारमा पुनमाथि निगरानी गर्दा चरेससहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनलाई अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङमा पठाइएको वडा प्रहरी कार्यालयले जनाएको छ ।