शरद रेग्मी
तुलसीपुर, १० चैत । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)को प्रदेश स्तरिय भेला दाङमा हुने भएको छ ।
संघका ५ नम्वर प्रदेश संयोजक केपी घिमिरे र सचिव संगीत वस्यालले एक विज्ञप्ती जारी गरी भोलि शुक्रवार ११ गते लमहीमा विहान ९ वजे क्षेत्रीय भेलाको आयोजना गरिएको जानकारी दिएका छन् ।
भेलामा केन्द्रीय अध्यक्ष सुवास खतिवडा, केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीलगायतको सहभागीता रहनेछ ।