बिमल योगी
दाङ, ६ चैत्र । दाङको सौडियारमा सञ्चालित घुम्ती सेवा शिविरमा करिव सात सय जनाले बिभिन्न सेवा लिएका छन् । स्थानीय जनतालाई घरदैलोमा नै सेवा पु¥याउने उदेश्यले साविक सौडियार गा.वि.स.का बिभिन्न चार स्थानमा शिविर सञ्चालन गरिएको हो ।
सौडियार गा.वि.स.को आयोजना,व्याकवार्ड सोशाइटी एजुकेशन वेसको समन्वय र युएसएआईडीको आर्थिक सहयोगमा घोराही उप महानगरपालिकाको वडा नम्वर ६ र ७ अन्तरगत सौडियारको साझा भवन,जवरपुर सामुदायिक भवन,साविक गाविस कार्यालय र जजरागाँउ भवनबाट घुम्ती सेवा दिइएको थियो ।
शिविरमा निःशुल्क स्वास्थ्य चेकअप सेवा,सामाजिक सुरक्षा भत्ता बितरण,बिवाह दर्ता,जन्म दर्ता,मृत्यु दर्ता,अपांग परिचय पत्र सिफारिस तथा निःशुल्क आखा अप्रेसनका लागि सिफारिस गरिएको छ । शिविरको अन्तिम दिनसम्म ७४ जनाले जन्म दर्ता गराएका छन् । यस्तै ३५ जोडीले बिवाह दर्ता,५ परिवारले बसाईसराई गराएका छन भने १३ जनाको निशुल्क आखा अप्रेशनका लागी सिफारिस र ९ जनालाई अपांग परिचयपत्रका लागी सिफारिस गरिएको छ ।
यस्तै शिविरमा करिव चार सय जना बढि जेष्ठ नागरिक,एकल महिला,दलित जेष्ठ नागरिक,अपांग व्यक्तीलाई दोश्रो चौमासिकको करिव ३५ लाख बढिको भत्ता बितरण गरिएको थियो । भने दुई सय जनाको मृगौला परिक्षण,प्रेसर चेकजाच गरिएको थियो । शिविरमा घोराही उपमहानगर पालिका वडा नम्वर ६ र ७ का संयुक्त वडा सचिव टेकबहादुर खड्का,खरिदार हरिकुमार घिमिरे,सह लेखापाल बिश्वराज चौधरी,सामाजिक परिचालक बिमल योगी,कार्यालय सहयोगी गंगु चौधरी, स्वास्थ्य चौकीका प्रमुखकुमार दुलाल,भरत चौधरी, वेसका सामाजिक परिचालक राजेश बुढा, मेलमिलाप केन्द्रका संयोजक लौटन चौधरी लगायतले सेवा दिएका थिए ।