काठमाडौँ २७ फाल्गुन । एसएसबीको गोलीबाट गोविन्द गौतमको मृत्यु भएको विषयमा भारतले दोस्रो पटक विज्ञप्ति जारी गरेको छ । आज जारी गरिएको दोस्रो विज्ञपितमा भारतले नेपाल सरकारसँग मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फोरेन्सिक रिपोर्ट माग गरेको छ । विज्ञप्ति एसएसबीले घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन शुरु गरेको बताइएको छ ।
