माधव बेल्वासे
चन्द्रौटा २३ फाल्गुन । सदभावना पार्टीको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ ।सरकारले स्थानिय तहको चुनावको मिति घोषना गरे लगतै मधेशवादी दलले विरोध का कार्यक्रमहरु गरिरहेका छ । चन्द्रौटामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले नेताहरुले कुनै पनि हालतमा सविद्यान सस्धोन नगरि स्थानिय तहको चुनाव हुन नसक्ने वताए ।
सरकारले मधेशिहरुलाई बेवस्ता गरि कुनै पनि अधिकार नदिने पक्षमा रहेकोले आन्दोलनमा उत्रिनु परेको सदभावना पार्टिका केन्द्रिय सल्लाहाकार राम प्रकाश चौधरिले वताए ।चौधरिका अनुसार मधेशलाई सरकारले कमजोर मानिरहेको आरोप लगाए ।सविद्यान सस्सोधन नगरि स्थानिय तहको चुनाव होला भनि नसोचे हुने वताए ।
कार्यक्रमका अध्यक्ष तथा सदभावना पार्टिका केन्द्रिय सदस्य रविदत्त मिश्राले सरकारले मधेशका माग सम्वोधन नगरे कडा आन्दोलनमा होमिने वताए ।मिश्राका अनुसार सरकारले चुनाव भन्दा पहिला सस्सोधनको काम गर्नुपर्ने वताए ।
सदभावना पार्टिका केन्द्रिय सदस्य रविदत्त मिश्राको अध्यक्षता, सदभावना पार्टिका केन्द्रिय सल्लाहाकार राम प्रकाश चौधरिको प्रमुख अतिथ्यतामा रहेको कार्यक्रममा सदभावना पार्टि शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरि ,नया शक्तिका थानेश्वर खनाल लगाएत को आतिथ्यता रहेको थियो ।