विराटनगर । पूर्वाञ्चलको ऐतिहासिक नगरी विराटनगरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक वर्षको अवसरमा ‘पूर्वाञ्चल वाङ्मय गोष्ठी’ आयोजना गरेको छ । फागुन १९ र २० गते हाटखोलास्थित आरोहण गुरुकुलमा सम्पन्न सो गोष्ठीमा समालोचना, संस्कृति, मातृभाषा र उपन्यास सम्बन्धी कार्यपत्रहरू प्रस्ुतुत गरिएका थिए । समालोचनासम्बन्धी रामजी तिमल्सिना, संस्कृतिसम्बन्धी डा. सोमप्रसाद खतिवडा, मातृभाषासम्बन्धी मुनाराज शेर्मा र उपन्याससम्बन्धी डा. गोपाल भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि क्रमशः डा हरिहर भण्डारी, दधिराज सुवेदी, देवान किराँती र डा. बद्रीविशाल पोखरेलले टिप्पणी गरेका थिए ।

bangmaya gosthi1प्राध्यापक बालकृष्ण पोखरेलद्वारा उद्घाटित उघ्घाटन सत्र समारोहको सभापतित्व प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले गर्नु भएको थियो । उुद्घाटन सत्रमा साहित्यकार दधिराज सुवेदी र प्रगतिशील लेखक सङ्घकी उपाध्यक्ष कवि मिश्र बैजयन्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उद्घाटनपछि विचार गोष्ठीको आयोजना गरियो । गोष्ठीको प्रथम सत्रको सभापतित्व प्राज्ञ डा. ज्ञानु पाण्डेले र दोस्रो सत्रको सभापतित्व प्राज्ञ मातृका पोखरेलले गर्नु भएको थियो । गोष्ठीको औचित्यमाथि प्राज्ञ दिनेशराज पन्तले प्रकाश पार्नु भएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको हीरक वर्ष पूवाञ्चल वाङ्मय गोष्ठीको दोस्रो दिन अर्थात फागुन २० गते विराटनगरमा करिब एक सय कविबाट कविता वाचनसहित गोष्ठी समापन गरियो । बिहान ९ बजे प्रारम्भ भएको गोष्ठी साँझ ५ बजेसम्म चलेको थियो ।

प्राज्ञ श्रवण मुकारुङको सभापतित्वमा सम्पन्न गोष्ठीमा कविहरू मन्जु काँचुली, कुन्ता शर्मा, मातृका पोखरेल, अनिल पौडेल, भवानी क्षत्री, मनु मन्जिल, सुमन पोखरेल,पुन्य कार्की, राधिका गुरागाइँ, विमल वैद्य, अयोध्यानाथ चौधरी, रामविक्रम थापा, सुको साइबर, सविता गौतम दाहाल, मुकुन्द प्रयास, डा भीम खतिवडा, डा नवराज सुब्बा, लीला अनमोल, मधु पोखरेल, जीविका खतिवडा, धनकुटे कान्छा, केजी सुब्बा, बोधकुमार घिमिरे, मन्जुश्री गिरी, डा मेदिनीप्रसाद शर्मा, मनु विश्वकर्मा, रमेशचन्द्र अधिकारी, कविता राई गाउँलेले कविता वाचन गरेका थिए ।

यसैगरी राधिका गुरागाई, मीनकुमार नवोदित, जिबिका खतिवडा, दिङ्लाली कान्छो, दीपक आयाम, सन्देश लिम्बू, प्रवीणकुमार चौधरी, कविराज पोखरेल, बसुश्री पाण्डे, टीका मिलन, पूजा आराधना, हरि बराल, हेमन्त क्षितिज, शुभलक्ष्मी लम्साल, ताराबहादुर बुढाथोकी, धीरज राई, रीता ताम्राकार, दीपक सम्चु, माधव पोखरेल गोज्याङ्ग्रे, हरि कट्टेल, रमाप्रसाद रिजाल, कृष्ण उदासी, विष्णु न्यौपाने, मुनाल पोखरेल, मन्जिला शर्मा, लक्ष्मी ढुंगाना, मेनुका चापागाईं,सरिता तुलाधर, सन्जीव धिमाल, सीता सुवेदी, रोशन परियार, सत्यनारायण ताम्राकार, स्वयम्भूनाथ कार्की, कविता केशरी, रोमा निरौला लगायतका कविहरूले आआफ्ना कविता वाचन गरेका थिए ।