दाङ २१ फागुन । नयाँ शक्ति पार्टी नेपालले दाङका १२ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । पार्टीको तीन दिन बसेको केन्द्रीय कार्यकारी बैठकले दाङका १२ सहित चार सय ९६ जना केन्द्रीय परिषद सदस्य थप गरेको छ ।

फागुन ९ देखी ११ गते सम्म बसेको बैठकले दाङबाट नारायण भट्टराई, संसद गंगा चौधरी, निर्मला बिक, बाल कुमारी चौधरी, होम प्रशाद शर्मा, जिबि चिन्तन, सुरज सोनाम, नन्द कुमार चौधरी, प्रभा चौधरी, घडिराम चौधरी, सबिना बुढा मगर, डा. जिबराज आचार्यलाई केन्द्रीय परिषद सदस्यमा मनोनित गरेको हो ।

नयाँ शक्ति पार्टी नेपालले नयाँ केन्द्रीय परिषद सहितको बैठक फागुण २६ र २७ गते बोलाएको छ ।