दाङ, १९ फागुन । पश्चिम दाङमा विभिन्न सामाजिक संघ संस्थाहरुको आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

feature-300x160स्वास्थ्यको पहँुच भन्दा टाढा रहेको पश्चिम दाङको वाघमारेमा संचालन हुन लागेका शिविरले ग्रामिण भेगका जनताहरुलाई केही हदसम्म सहयोग पुग्ने अपेक्षा लिएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष विरु रावतले जानकारी दिए ।

स्वास्थ्यको पहुच पुरयाउने उद्देश्यले पश्चिम दाङमा शिविर आयोजना गरेको समेत उनले बताए । आउदो शनिवार बाघमारेको पेदा स्थित नि.मा.वि.स्कूलमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर विहान ९वजे देखि संचालन हुने भएको छ ।

रोटरी क्लव अफ तुलसीपुर सिटी, रोट्रयाक्ट क्लव अफ तुलसीपुर र लायन्स क्लव अफ दाङको संयुक्त आयोजनामा हुन लागेको शिविरमा विभिन्न रोगहरुको परिक्षण र उपचार हुने व्यवस्था मिलाइएको रोट्रयाक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष सन्दिपन रिजालले जानकारी दिए ।

शिविरमा तुलसीपुर सि.टी. हस्पीटल प्रा.ली. र पाल्पालीको फर्मले प्राविधिक तथा व्यवस्थापनको जिम्मेवारी लिएका छन् भने विभिन्न सामाजिक संघ संस्थाहरुले शिविरको आयोजना गरेको लायन्स क्लव अफ दाङका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।