सल्यान, १८ जेठ
सल्यानको कुपिण्डे ताल र शारदा नदी संरक्षणका लागि अभियान थालिएको छ । बिद्यालयस्तरमा बिद्यार्थीहरुसंग छलफल परामर्श तथा जानकारी बिषयक कार्यक्रम रेडियो राप्ती सल्यानले जिल्लाका बिभिन्न ठाउमा सञ्चालन गरेकोे छ ।
ओरेक नेपालको आर्थिक सहयोग र रेडियो राप्तीको आयोजनामा सन्चालित कार्यक्रम सल्यानका बिभिन्न बिध्यालयहरुमा सँचालन भईरहेको छ । अभियान अन्र्तगत सोमवार बिद्यार्थी स्तरिय बिभिन्न प्रतियोगितात्मक कार्यक्रम जनता माबि भोटेचौरमा सम्पन्न भएको छ ।
बिद्यालयमा कुपिण्डे ताल तथा शारदा नदीका बिषयमा आधारित रहेर लोकगित, र बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । बिद्यालयका प्रधानाध्यापक चन्द्र बहाद्र पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कायर्यक्रममा लोकगित प्रतीयोगीता तर्फ बिपना नेपाली प्रथम,बिसाल वली दितीय, सर्मिला रावत र खुमा बुढाथोकीले तृतिय स्थान हासील गर्नुभएको थियो ।
यसैगरी बक्तृत्वकला तर्फ सुधिर योगी,नोहित बम रसाईली द्धितीय, बिसाल वली तृतिय स्थान हासील गर्नु भएको थियो । प्रथम, द्धितिय र तृतिय प्रतियोगीहरुलाई पुरस्कार बितरण गरिएको छ । कार्यक्रमको सहजिकरण रेडियो राप्तीका रमेश कुमार गौतमले गर्नु भएको थियो भने कार्यक्रमको सल्यान टेलिभिजनका गणेश चन्दले छाँयाङन गर्नु भएको थियो ।।