गोविन्द खड्का
नाला सम्म छितरीएका पिलेट चाट व्यापारी बिष्णु पन्थिले खेरबटुल पार्नुभयो । घोराही ११ मिलन केन्द्र नजिकको सडक किनारामा ल्याई आगो लगाईदिनुभयो । सेता प्लेट छितरीएर बिग्रीएको वातावरण केहिबेरमै सफा देखियो ।
बिहान करीब १२ बजेतिर पन्थीको व्यापार जिल्ला प्रशासन कार्यालय घोराही अगाडि बाट शुरुहुन्छ । उहाका अनुसार एक दुई घण्टा त्यहा“ बित्छ । त्यहा नियमित चाट फुल्की खाने नियमित ग्रँहक कर्मचारीहरु छन् । त्यस संगै सर्दै सर्दै चोक चोकमा अडिनुपर्छ । दिन ढल्किदै गर्छ बजारतिर सर्दैहुन्छ । सा“झ पर्ने बेला शहिद गेट नजिक पुगिन्छ । त्यहा बढिमा साझ आठ बज्छ ।
यो सरकारी कर्मचारी धेरै भएको रोड हो । शहीद गेट देखि मालपोत सम्म जिविस, नगरपालिका, प्रशासन, मालपोत, कोलेनिका, अदालत, कारागार लगाएत धेरै सरकारी कार्यालयहरु छन् । व्यापारी पन्थीका अनुसार मदतलब जिविस रोड क्षेत्रमा अधिकांश ग्राहक कर्मचारीहरुनै भेटिन्छन् । ति ग्रँहकहरु पनि फोहर व्यवस्थापनमा सचेत देखिदैनन् । खाईसकिएपछि फ्याट्टै बाहिर फाल्छन् । धेरैले सोधदेनन् यसलाई कताफालौ भनेर, भा“डो थाप्दापनि त्यसमा हाल्दैनन् ।
दिनभरी कारोबार गरुञ्जेल पुग्ने स्टिलका प्लेटहरु पनि पन्थिले व्यवस्था गर्नुभएको छ । त्यसमा चाटदिएपछि अर्को भाडाधुने व्यक्ति राख्नुपर्छ । एक्लैले व्यवसाय चलाउन खाएर फाल्ने प्लिेट व्यवस्था गर्नु बाद्यता हो । त्यसलाई ठिक ढंगले व्यवस्थापन गर्न नसक्ने अविवेकि ग्राहकले सताएका छन् । पढलेख गरेका ज्ञानगुणले भरीपुर्ण जस्ता देखिएपनि व्यवहारले कमजोर छन् । जता मनपर्छ त्यतै हरेक चिज फ्याट फाल्ने गलत बानीमा अभ्यस्त छन् ।
‘बाहिरै फाल्दीन्छन् । डस्टिविनमा हाल्दैनन् ।’ अर्घाखा“ची बाट झरेर चार बर्ष अघि झरेर व्यापार थालेको बताउने पन्थीले भन्नुभयो, ‘फाल्ने डस्टिविन खोज्ने न्युन छन् । ग्रँहकले फाल्ने ठाउ न खोजेपछि व्यापारीलाई पनि कहर हुनेरैन्छ ।’ बजारीया सभ्य ठाउमा असभ्य व्यक्ति धरैरहेको पन्थीको अनुभव छ । उहाका अनुसार फाल्दा महान सम्झिने टिपदा हिनताबोध गरेर मरेतुल्य हुने समाज छ । त्यसलाई उल्ट्याएर टिप्ने ठुला मान्छेहुन भन्ने संस्कारको विकास गराउन जरुरी छ । त्यसो नगरे सबैले घिनमान्ने फोहर फाल्न कसैले नछोड्ने उल्टो बातावरण रहन्छ ।
