घोराही, फागुन ९ । दाङका तीन सञ्चार संगठनहरुले नेपाल पत्रकार महासंघ दाङ शाखाको आगामी अधिवेसनमा सर्वसम्मतरुपमा सविन प्रियासनलाई अघि बढाउने निर्णय गरेका छन् ।

sabin priyasanप्रेस युनियन नेपाल दाङ, प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर दाङको सोमवार संयुक्तरुपमा घोराहीमा बसेको बैठकले सहमतिका आधारमा अघि बढ्ने भन्दै सर्वसम्मत अध्यक्षकारुपमा प्रीयासनलाई अघि बढाउने निर्णय गरेको हो ।

संयुक्त बैठकपछि प्रेस युनियन दाङकी उपाध्यक्ष बसुन्धरा गौतम, प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष डिल्ली मल्ल र प्रेस चौतारी नेपाल दाङका अध्यक्ष टिका बस्नेतद्वारा हस्ताक्षरीत विज्ञप्तिमा पत्रकार महासंघ दाङका पुर्व सचिव तथा वर्तमान सल्लाहकार समेत रहनु भएका प्रियासनलाई सर्वसम्मतरुपमा अघि बढाउने निर्णय भएको उल्लेख गरीएको छ ।

संयुक्त बैठकले तिन संगठनको यो प्रयासलाई मुर्तरुप दिन अन्य सबै सञ्चार संगठनलाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ ।