इन्द्रेणी संवाददाता
दाङ, ९ फागुन । यसवर्ष शिवरात्री मेलामा धारापानीस्थित धार्मिक पर्यटकीय स्थल पाण्डवेश्वर मन्दिरसम्म पुग्नका लागि एकतर्फी गाडी भाडा ३० रुपैयाँ मात्रै कायम गरिएको छ । दर्शणार्थीहरुका लागि त्यहाँसम्म पुग्नका लागि सहज होस् भन्ने किसिमले मेलाको दिन ३० रुपैयाँ भाडा कायम गरिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

DSCN0621

धारापानीमा स्थापना गरिएको विश्वकै अग्लो त्रिशुल
तस्विर :उदय बीसी

आज सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यसवर्ष मेला यही फागुन १२, १३ र १४ गते लाग्ने बताएको छ । जसको तयारी करीव करीव पूरा भएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष श्रीधर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसवर्ष पनि मेलालाई मदिरा मुक्त गराउनका लागि चार किल्ला तोकिएको समेत उनले बताए । मेलालाई सुरक्षित र सवार्धपूर्ण वातारणमा सफल पार्न एक सय सुरक्षाकर्मी र एक सय स्वयमसेवक परिचालन गरिने मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।

त्यसैगरी फागुन ११ गते अर्थमन्त्री कृष्णबहादुर महराले मन्दिर परिषरमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । करीव १ करोडको लागत उक्त धर्मशाला निर्माण गरिएको हो ।