इन्द्रेणी संवाददाता
दाङ, १८ चैत्र
दाङको भालुवाङमा केहि दिन अघि भएको खानेपानीको समाचारको विषयलाई लिएर पत्रकार सन्तोष गुप्तामाथि हातापात भएको छ । दाङको भालुबाङलाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएका गोरक्ष दैनिकका संवाददाता तथा प्रगतिशिल पत्रकार संघका जिल्ला सहसचिब पत्रकार गुप्तामाथि आज हातपात भएको हो ।

12801464_1118482571526466_844988338368422560_n
पत्रिकामा छापिएको समाचारको विषयलाई लिएर भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावमा उम्मेद्धारी दिएका ऋषीराम पौडेलले समाचारको विषयलाई लिएर मुक्का प्रहार गर्दै सार्वजनिक रुपमा गालीगलौज गरेका हुन ।
यसैविच, घटनाप्रति नेपाल पत्रकार महासंघ दाङ र प्रगतिशील पत्रकार संघले आपत्ति जनाउदै दोषिमाथि कारवाहीको माग गरेका छन । पत्रकार महासंघका अध्यक्ष सुदीप गौतम, सचिब गजेन्द्र बोहरा, प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष नारायण शर्मा र महासचिब उदय जिएमले घटनाको दोषिेलाई कडा कारबाहीको माग गर्नुभएको हो ।
साथै समाचारमा चित्त नबुझे खण्डन गर्ने विधिसम्मत व्यवस्था हुँदाहुँदै स्वतन्त्र पत्रकारितामाथि आँच आउने यस्ता क्रियाकलाप नदोहो¥याउन पनि सबैमा आग्रह गरिएको छ । गुप्ताको आँखामा चोट लागेको बताइएको छ । साथै मुक्का प्रहारबाट घाइते पत्रकार गुप्ताको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।।