इन्द्रेणी संवाददाता
दाङ १७ जेठ
दाङमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । वर्षे खेतिका लागि आबस्यक पर्ने सारायनिक मल मध्य करिब ७० प्रतिशत मल किसानहरुको घरघरमा पुगिसकेको जिल्ला कृषि सामग्री सस्थान कम्पनी दाङले जनाएको छ ।
जिल्लामा वर्षे धान खेतिका लागि दश हजार मेट्रिक टन रासायनिक मलको आबस्यकता पर्ने र अहिले सम्म जिल्लाका विभिन्न ठाउँहरुमा झण्डै सात हजार मेट्रिक टन मल गैसकेको कार्यालयका संस्थानका प्रमुख विष्णु कुमार केसीले जानकारी दिनुभयो ।
जेठको पहिलो हप्ता सम्म घोराही तुलसीपुर र लमही केन्द्रबाट अहिले सम्म तीन हजार पाँच सय ६३ मेट्रिक टन युरिया, दुई हजार पाँच सय ७५ मेट्रिक टन डिएपी र एक हजार ६ सय मेट्रिक टन मल जिल्लााका बिभिन्न सहकारी सस्था मार्फन किसानहरुले लगेका छन ।
अघिल्लो वर्ष विबिध कारण मल आपुर्तिमा समस्या देखिए पनि यसवर्ष अहिले सम्म मल आपुर्तिमा समस्या नदेखिएका कारण किसानहरुले सहज रुपमा रासायनिक मल प्राप्त गरीरहेको समेत केसीले जानकारी दिनुभएको छ ।।