रेखा मगर
दाङ, १७ जेठ
घोराहीको निकै व्यस्त सडक तुलसीपुर चोक, जहाँ विहानपख तरकारी किन्ने उपभोक्ता र विक्रि गर्ने किसानहरुको भीड हुन्छ । रातिको २ वजे नभनेर तरकारी विक्रि गर्न आँउछन किसानहरु ।
अनी जहाँ सस्तो मिल्छ, आफुले भनेको मुल्य मिल्छ त्यहिवाट तरकारी खरिद गर्छन उपभोक्ताहरु । यो क्रम चलिनै रहन्छ हरेक दिन । किसानहरु दुख गरेर तरकारी त फलाँउछन तर दुखको मुल्य नै नउठ्ने गरी उभोक्ताले भनेकै मुल्यमा विक्रि गर्छन ।
फर्काएर घर लानु भन्दा उनीहरुले भनेकै मुल्यमा विक्रि गर्छन वाध्य छन किसानहरु । रातिको २ वजे, खेतवारीमा गरेको दुख, वगाएको पसिना अनी नाफाका कुरा ।
यि सवै नभनेर उनीहरु सस्तो मुल्यमा तरकारी विकाउँछन अनी घर फर्कन्छन ।लमही नगरपालिका ९ वलरामपुरकी देउली चौधरी खेतवारीमा गरेको दुख र नसुती नसुति वजार ल्याएको तरकारीले भाउ नपाँउदा दुखी देखिनुहुन्थ्यो । देउली जस्तै देउखुरी लमही नगरपालिका ७ वोधीपुरका रोसन चौधरी पनि राति नै गाडी चढेर आउनुहुन्छ तरकारी विक्रि गर्न ।
उहाँले प्लस टु पास गरिसक्नुभएको छ । १२ कठठा जग्गमा भिन्डी, करेला, वोडी लगाएत तरकारी खेति गर्नुभएका चौधरी देउखुरीका वजारमा मुल्य नपाएपछि घोराही आएको वताउनुुहुन्छ ।
देउखुरीमा वेमौसमी तरकारी उत्पादन गर्दै आएका धेरैजसो किसानहरु विक्रि गर्न सदरमुकाम नै आँउछन । देउखुरीमा खपत पनि कम हुँदा र मुल्य पनि सस्तो हुँदा सदरमुकाम आउनु उनीहरुको वाध्यता हो ।तर त्यहाँको भन्दा मुल्य यहाँ हुन्छ कि भनेर घोराही आएका किसानहरु सोंचेजस्तो मुल्य नपाँउदा निरास छन ।
छिटुवाभरी आलु र धनियाँ राखेर चोकमा वेच्न वसेकी घोराही नगरपालिका २ क्वाडीकी लिला चौधरी १२ वर्षदेखि वजारमा तरकारी विक्रि गर्न आउने गरेको वताउनुहुन्छ ।क्वाडीकी लिला चौधरी, वोधीपुरका रोसन चौधरी र वलरामपुरकी देउली चौधरी त केवल उदाहरण मात्र हुन । तरकारी उत्पादक सवै
किसानहरुको समस्या एउटै हो ।हामी कृषी क्षेत्रवाटै आत्मनिर्भर वन्ने कुरा त गर्छों तर किसनाहरुको लागी सोच्न सकेका छैनौं । उनीहरुले जे जति लगानी र दुख गदै आएका छन त्यसैलाइ पनि व्यवस्थापन गर्न नसक्दा कृषि क्षेत्र ओझेलमै जस्तो देखिन्छ ।
वजारभरी भारतीय तरकारी छन, उपभोक्ताहरु त्यहि तरकारी उपभोग गर्छन, जस्का कारण यहाँका किसानहरुको तरकारी खपत नहुनु र मुल्य नपाउनु एउटा समस्या वनेको छ । यतिवेला वेमौसमी तरकारीको उत्पादन वढेको छ ।
दाङमा चैतको मध्यदेखि उत्पादन हुन थालेको बेमौसमी तरकारीले वजार भाउ नपाँउदा किसानहरु मारमा परेका छन । उत्पादित तरकारीले वजार पाउनुपर्ने र आवश्यक सामाग्रीको उपलव्धताले कृषि व्यवसाय फष्टाउने रोशन चौधरी वताउनुनुहन्छ ।
स्थानीय उत्पादनलाइ वढावा दिदै किसानहको होसलाका लागी केहि नयाँ कामहरु हुन आवश्यक छ । अन्य काम भन्दा कृषिको विकास र उपलव्धीका कुरा मात्र होइन अव काम गरांै । किसानहरुको समस्या पहिचान गरी उत्पादनलाइ थप वढावा दिन सक्यौ भने दाङ जिल्ला तरकारीमा आत्मनिर्भर कसो नहोला ।।
