pradeep-gyawali
प्रदीप ज्ञवाली

एमालेमा देखापरेका केही समस्याले पार्टीका समर्थक, शुभचिन्तक र आमजनसमुदायलाई चिन्तित र दुःखित तुल्याएको छ । यतिबेला एमालेले सरकारको नेतृत्व गरिरहेको छ । वर्तमान सरकार राष्ट्रिय स्वाधीनताको जगमा संविधान कार्यान्वयन गर्ने मिसन लिएर मुलुकको सामाजिक आर्थिक रूपान्तरणको योजनासाथ अगाडि बढिरहेको छ ।वर्तमान सरकारसँग व्यक्तिका रूपमा केपी ओली वा अरू मन्त्रीको मात्रै भाग्य र भविष्य जोडिएको होइन । सिंंगो मुलुकको भविष्य र विशेषगरेर एउटा सार्वभौम राष्ट्रको हैसियतले नेपालले आफ्ना समस्या समाधान आफैँ गर्न सक्छ कि सक्दैन, आफ्ना मुद्दाको समाधान आफैँ गर्न स्वतन्त्र छ कि छैन, एउटा सार्वभौम राष्ट्रको हैसियतले बाह्य सम्बन्ध सन्तुलित ढंगले निर्माण गर्न पाउँछ कि पाउँदैन र मुलुकको राजनीति मुलुककै जनतामा निहित रहन्छ कि रहँदैन रु भन्ने प्रश्नसमेत जोडिएका छन् । त्यसकारणले पनि यतिबेला सरकार र यसको नेतृत्व गरिरहेको पार्टी एमालेसँग जोडिएर आउने कुराप्रति खालि पार्टी कार्यकर्ताको मात्र होइन, आमजनसमुदायको गहिरो चासो रहनु स्वाभाविक हो ।

हाम्रो पार्टीको नवौँ महाधिवेशन भएको पौने दुई वर्ष बितिसकेको छ, यसबीचमा एमालेले आफ्ना प्रत्येक निर्णयलाई संस्थागत ढंगले र सर्वसम्मत रूपमा गर्दै आएको छ । नेताहरूको तहमा औपचारिक वा अनौपचारिक ढंगले पार्टीभित्र हामीले व्यापक छलफल, परामर्श गरेका छौँ । र, यसबीचमा गरिएका सबै महत्वपूर्ण निर्णय संविधान निमार्णसँग सम्बन्धित विषय र त्योसँग जोडिएको १६ बुँदे सहमति वा संविधानका मुख्य अन्तर्वस्तुबारे गरिएका समझदारी, मधेस मुद्दा, संघीय ढाँचा र बाह्य दबाब झेल्दै र त्यसलाई अस्वीकार गर्दै समयमै संविधान निर्माण गर्न हामीले गरेका पहल उल्लिखित सबै कुरामा पार्टी सर्वसम्मत रूपमा उभिँदै आएको छ । त्यसपछि अनेकौँ प्रतिकूलता चिर्दै हामीले केपी शर्मा ओलीको नेतृत्वमा तत्कालीन एमाओवादी, राप्रपा नेपाललगायतका राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिसँगको सरकार निर्माण गरेका छौँ र त्यसमा पनि एमाले सर्वसम्मत रूपमा उभिएको छ ।

हामीले झन्डै साढे पाँच महिना भारतको अघोषित नाकाबन्दी र सात महिना मधेस आन्दोलनको नाममा भएको अत्यन्त असहज परिस्थिति सामना ग¥यौँ र सिंगो देश नै एकताबद्ध भएर त्यसको सामना पनि गर्यो, त्यसको नेतृत्व केपी शर्मा ओली सरकारले गर्यो । त्यसमा ओलीलाई सिंगो पार्टी र देशबाट समर्थन प्राप्त भयो । त्यसपछि लामो समयसम्म एकातिर मात्र ढल्किएको नेपालको बाह्य सम्बन्धलाई हामीले सन्तुलित बनायौँ । भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुनःस्थापित गर्ने र चीनसँग ऐतिहासिक सम्झौता गरेर मुलुकको परनिर्भरताको स्थिति अन्त्य गर्नका निमित्त महत्वपूर्ण काम भए प्रत्येक विषयमा पार्टीभित्र परामर्श हुँदै आएको छ । कतिपय विषयमा राष्ट्रिय राजनीतिमा व्यस्त हुनुपर्दा पार्टीको आन्तरिक काममा पर्याप्त ध्यान दिन नसकेको स्थिति वा कहिलेकाहीँ बैठक बस्न नसकेको अवस्था वा पार्टीका आन्तरिक संरचना गठन हुन नसकेको अवस्थामा पनि हामीले भर्खरै सम्पन्न केन्द्रीय समितिमा व्यापक परामर्श गरेका छौँ । त्यो परामर्शपछि सर्वसम्मत ढंगले विगतमा रहँदै गएका कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने निष्कर्ष महिना दिनअघि बसेको केन्द्रीय समिति बैठकबाट निकालेका थियाँै ।

पार्टीभित्र जातीय, क्षेत्रीय मुद्दाको हुडलो मच्चाएर पार्टी चोइटिएको घटना देखेका छौँ । यी सबै कुरा झेल्दै एमाले अगाडि आएको छ । अहिलेको प्रतिकूलतालाई चिर्दै पार्टी अगाडि बढ्छ तर यस्तो बेलामा पार्टीका जिम्मेवार नेताले त्यसरी बोल्नुहुन्छ कि हुँदैन, त्यो ढंगको भेला र गतिविधि गर्नु हुन्छ कि हुँदैन, त्यसले पार्टीलाई बलियो बनाउँछ कि कमजोर त्यो उहाँहरूले सोच्ने कुरा हो ।

cpnumlयो पृष्ठभूमिमा अचानक केही समूहगत भेला गर्ने र भेलामा पार्टी नेतृत्वमाथि जुन ढंगले आलोचना प्रहार गर्ने, पार्टीभित्र विस्फोट गर्ने तहसम्मका अभिव्यक्ति दिनेखालका कुराले म आफैँ अचम्मित पनि भएको छु । केन्द्रीय समिति बैठकभन्दा अगाडि यी कुरा भएको भए यसको एउटा तर्क हुन सक्थ्यो, बैठक नबसेको अवस्थामा आयो भनेर । महिना दिनअघि मात्र केन्द्रीय समिति बैठक बसेको छ र सर्वसम्मत रूपमा निर्णय गरेको छ । त्यसयता राष्ट्रिय राजनीतिमा वर्तमान सरकारलाई ढाल्न नाटकीय घटनाबाहेक केही भएको छैन । यो अवस्थामा गोप्य भेला र त्यहाँ व्यक्त ती कुराको औचित्य कतैबाट पनि पुष्टि हँुदैन । यसले एमालेलाई कमजोर गर्छ । एमालेले यस्ता आँधी, तुफान झेल्दै आएको पार्टी हो । हामीले पार्टी विभाजनको डरलाग्दो पीडा भोगेका छौँ । हामीले लोकप्रिय सरकारका प्रधानमन्त्रीलाई सफाइ दिने मौकासम्म नदिईकन हस्पिटलबाट राजीनामा गर्न बाध्य पारेका घटनासम्म देखेका छौँ । हाम्रा सयौँ निर्दोष कार्यकर्ता मारिएका छन् । पार्टीभित्र जातीय, क्षेत्रीय मुद्दाको हुडलो मच्चाएर पार्टी चोइटिएको घटना देखेका छौँ । यी सबै कुरा झेल्दै एमाले अगाडि आएको छ । अहिलेको प्रतिकूलतालाई चिर्दै पार्टी अगाडि बढ्छ तर यस्तो बेलामा पार्टीका जिम्मेवार नेताले त्यसरी बोल्नुहुन्छ कि हुँदैन, त्यो ढंगको भेला र गतिविधि गर्नु हुन्छ कि हुँदैन, त्यसले पार्टीलाई बलियो बनाउँछ कि कमजोर त्यो उहाँहरूले सोच्ने कुरा हो ।

हामीचाहिँ खासमा दुःखी छौँ । विनाकारण र आधार माधव नेपाललगायतका नेताले छुट्टै भेला राख्नु ठीक होइन । वैशाख ३ गते पार्टीको केन्द्रीय समिति बैठक सकिएको थियो । बैठक सकिएको ४०र४५ दिन नबित्दै उहाँहरूले जेठ ११ंं र १२ भेला गर्नुभयो । यसबीचमा सरकार वा पार्टी नेतृत्वले कुनै विशेष निर्णय गर्यो, जुन विषयमा उहाँहरूले भनेजस्तो पार्टीमा कुनै परामर्श भएन रु त्यस्ता विशेष निर्णय भए जसले उहाँहरूलाई बाइपास गरिएको होस् । या त्यसले आन्दोलनलाई असर गर्ने निर्णय भए रु बिल्कुलै त्यस्तो केही भएको देखिँदैन ।

त्योअघि कतिपय सन्र्दभबारे केन्द्रीय समितिमा व्यापक छलफल भए र त्यसमा अध्यक्षले स्पष्ट पार्नुभयो, कतिपय अवस्थामा व्यतस्ताका कारण परामर्श हुन नसकेकामा त्यसलाई व्यवस्थित गर्छु भन्नुभयो ।

पार्टीको आन्तरिक जीवनमा विभागको पूर्णता दिनका निम्ति एउटा कार्यदल बनाएर त्यसले हिजोसम्म सबै विभागलाई सर्वसम्मत ढंगले टुंग्याइसकेको छ । हामी एकातिर पार्टीको कामलाई प्रभावकारी बनाउने ढंगले लागिरहेका छौँ, यो सन्दर्भमा विचार समूहको नाममा गरिने भेला आपत्तिजनक छन् । जगहँसाइ हुनेगरी गरिने यस्ता भेलाले एमालेलाई कमजोर गर्ने र यसले गर्दा अघि बढिरहेको राष्ट्रिय स्वाधीनताको मुद्दा, राष्ट्रिय हितका मुद्दा र राष्ट्रको स्वतन्त्रताका कुरा कमजोर हुन्छन भनेर उहाँहरूले नबुझ्नुले सबैलाई दुःखी तुल्याएको छ ।

महाधिवेशन आउन तीन वर्षजति समय छ । महाधिवेशनकै बेलामा यी कुरा गर्न सकिन्छ, कसैलाई नेतृत्व चाहिएकै हो भने पनि । अहिल्यैदेखि पार्टीलाई कमजोर पारेर जोसुकै नेतृत्वमा पुगे पनि लक्ष्य प्राप्त गर्न सकिँदैन । त्यो पनि १५ वर्षसम्म पार्टीको एकछत्र नेतृत्व गर्नुभएको वरिष्ठ नेताबाटै यो ढंगका अभिव्यक्ति आउनाले आमकार्यकर्ताको मन कुँडिएको छ । यतिबेला एमालेलाई कमजोर पारेर राष्ट्रिय राजनीतिमा अघि बढिरहेका महत्वपूर्ण मुद्दालाई असफल पार्न लागेका शक्ति रमाइरहेको अवस्था छ । यो कुरामा सम्बन्धित साथीहरू गम्भीर बन्नैपर्छ । पार्टीभित्र कुनै समस्या छन् भने समाधान गर्ने बैठक हो, उहाँहरूले नेतृत्वलाई बैठक बोलाउन भन्न सक्नुहुन्छ । पार्टी प्यालेसमा देशैभरिका कार्यकर्ता जम्मा गरेर मिडियाकै अघि पार्टीको आन्तरिक समस्र्या छताछुल्ल पारेर कुनै पनि पार्टी बलियो हुँदैन । हामी सबैले यो बुझ्नुपर्छ, पार्टी बलियो रहँदा नै हामी सबैको इज्जत र प्रतिष्ठा रहन्छ । पार्टी कमजोर बनाएर एउटा पक्षलाई बनाउने सोचले कोही पनि सफल हुन सक्दैन ।

पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको निर्देशन संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय हितको रक्षा, भूकम्पपछिको पुनःनिर्माण, व्यापक सामाजिक आर्थिक रूपान्तरण, स्थानीयलगायत सबै आसन्न निर्वाचनको तयारी, राष्ट्रिय राजनीतिक सहमति, वस्तु र सेवाको सहज आपूर्ति र कालाबजारी नियन्त्रणमा सरकारको प्रभावशाली उपस्थितिलगायतमा पनि सरकारले त्यही फ्रेममा रहेर काम गरिरहेको छ । राज्य सञ्चालन गर्ने ठाउँमा प्रधानमन्त्री भइसकेका दुईरदुई नेता हुनुहुन्छ, कति ठाउँमा पार्टी इन्भल्भ हुन्छ र कति ठाउँमा सरकारका आफ्नै काम गराइका क्षेत्र हुन्छन्, त्यस विषयमा नबुझ्नु साथीहरूको कमजोरी हुन् । सरकार पार्टीसँग छलफलै नगरी अगाडि बढ्यो भन्ने कुरा हास्यास्पदजस्तो लाग्छ ।

लामो समय पटक–पटक पार्टीको नेतृत्व गर्नुभएका नेताहरूले पार्टीलाई बिगार्ने वा सुधार्ने कुन मनसायले यो सबै गर्नुभएको छ, त्यो देखिने नै छ । घटनाको मूल्यांकन मनसायले भन्दा परिणामले नै देखाउँछ । केही नेताले अलग्गै भेला गरेको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ । त्यस विषयमा बैठकमा छलफल गर्नु आवश्यक देखिन्छ ।