दाङ १६ जेठ।  देउखुरीको कालाकाटेमा जीप र वस एक आपसमा ठोकिदा दुई जना गम्भीर घाईते भएका छन भने एक बच्चा सहित ५ जना सामान्य घाईते भएकाछन् । पश्चिमबाट पूर्व तफ जाँदै गरेको लु १ ख ३१११ नम्बरको यात्रु बाहक बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको जीपसाँझ करिब साढे ५ बजे एक आपसमा थोकिदा जीप चालक सिसहनियाँ ५ निवासी बर्ष ४० का हरि चौधरी र जीपमा सवार लालमटिया ३ पुल्चोक निवासी बर्ष ४२ की लक्ष्मी पोखे्रल गम्भिर घाईते भएको अस्थाई ट्राफिक पोष्ट भालुवाङ्गका प्रहरी सहायक निरिक्षक अम्मर थापाले जानकारी दिए । घाईते दुबैलाई थप उपचारका लागि बुटवल पठाईएको छ ।

Accident1-2-500x350-1त्यसैगरी जीपमा सवार लालमटिया ३ पुल्चोक निवासी बर्ष ४५ का तुलसीराम पोख्रेल, बसमा सवार सिसहनियाँ ६ बिजौरी निवासी बर्ष ४० का हिरा रोकाय, जीप चालककी पत्नी सिसहनियाँ ५ निवासी बर्ष २२ की बसन्ती चौधरी, उनको ८ महिनाको बच्चा नाम खुल्न नसकेको र गुल्मी जिल्ला ९ होङ्गदी निवासी बर्ष ४२ का चन्द्रबहादुर बुढा समान्य घाईते भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । तीब्र गतिका कारण उक्त घटना भएको प्रहरीले अनुमान गरेको छ ।