जाजरकोट, ९ माघ । पर्यटन पत्रकार संघ जाजरकोटको संयोजकमा कारोबार दैनिकका जाजरकोट संवाददाता सुरेन्द्र सिंहलाई सर्वसम्मतीले चयन गरिएको छ । आईतबार सिंहको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन गरिएको हो ।
सदस्यहरुमा डिजिटल संचारका दीपबहादुर घर्ती, रासस तथा नयाँ पत्रिकामा आबद्ध हेमन्त केसी, सगरमाथा टेलिभिजनका बद्री पन्त, चन्द्र केसी, रेडियो खलंगाका भरत शर्मा र सपना वली, रेडियो जाजरकोटका सरोज वली र नलगाड न्युजका नरेश राना रहेका छन् ।
‘प्राकृतिक, धार्मिक तथा सांस्कृतिक र ऐतिहासिक हिसाबले जाजरकोट जिल्लामा पर्यटनको अथाह संभावना भएपनि उचित प्रचार प्रसार हुन नसक्नु दुःखद पक्ष हो ।’ संयोजक सिंहले भने– ‘आगामी दिनमा पर्यटन पत्रकार संघले संस्थागत रुपमा जाजरकोटका संभावनाहरुलाई उजागर गर्ने गरी कलम चलाउने प्रयास गर्नेछ ।’
पर्यटन पत्रकार संघको आईतवार विस्तार भएको शाखाले जिल्लामा केही दिन भित्रै केन्द्रिय कार्यालयसंग समन्वय गरेर बैधानिकता लिने संयोजक सिंहले वताए । साथै जिल्लामा विस्तार भएको तदर्थ समितिले छिट्टै जिल्ला अबिधेशन गरेर जिल्ला कार्यसमितिको रुप दिने संयोजक सिंहले जानकारी दिएका छन् ।
