हुम्ला, ८ माघ । हुुम्लाको मेल्छाम–१ का बाँचे बुढाले गोली हान्दा मेल्छामकै बाटुली बुढा घाइते भएकी छिन् । राति १२ बजे रक्सीले मातेका बुढाले बाटुलीको दाइलाई मार्ने भन्दै गोली हान्दा बहिनी बाटुलीलाई लागेपछि उनी घाइते भएकी हुन् ।
भरुवा बन्दुकको गोलीको छर्राले अनुहारमा लाग्दा बहिनी घाइते भएको दाइ हंश बुढाले बताए । घाइते बाटुलीको दाइ लालबहादुर बुढालाई गोली हान्दा उनलाई नलागी घरको भित्तामा लागेको थियो ।
भित्तामा लागेको गोलीको छर्रा लागेर बाटुली घाइते भएकी हुन् । गोली प्रहार गर्ने बाँचे बुढा फरार रहेको पिप्लागं प्रहरी चौकीले जनाएको छ ।
