SAMSUNG CAMERA PICTURES

दाङ, ८ माघ । नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी दाङको आठौँ जिल्ला अधिबेशन यही माघ २१ र २२ गते हुने भएको छ । दाङको घोराहीमा हुने जिल्ला अधिबेशन सम्पन्न गर्नको लागि तयारी बैठक आज शनिवार सम्पन्न भएको छ । बैठकले अधिबेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।

SAMSUNG CAMERA PICTURES
बैठकले मानबहादुर विश्वकर्माको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, विमल नेपालीको संयोजकत्वमा ¥याली व्यवस्थापन उपसमिति, विष्णु सुनारको संयोजकत्वमा खाद्य ब्यबस्थापन उपसमिति, शंकर नेपालीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै नवीन अभिलाषीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, मानबहादुर विश्वर्माको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, कुलबहादुर गोतामेको संयोजकत्वमा आवास उपसमिति, रमादेवि नेपाली र लिलादेवि नेपालीको संयोजकत्वमा अतिथी स्वागत सत्कार उपसमिति, कमला नेपालीको संयोजकत्वमा सास्कृतिक व्यवस्थापन उपसमिति र कृष्ण नेपालीको संयोजकत्वमा प्रतिबेदन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

साथै बैठकले दुई दिन सम्म चल्ने अधिबेदन तथा सम्मेलनका दाङको घोराहीमा गर्ने निर्णय गरेको प्रचारप्रसार उपसमितिका संयोजक नवीन अभिलाषीले जानकारी दिए ।