d'l:nd d'lQm df]rf{ g]fkn4f/f cfof]hLt wd{lg/k]Iftf / d'l:nd d'4f ljifos cGt/lqmof sfo{qmddf cfkmgf] wf/0ff /fVg' x'b} k|wfgdGqL k'iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt,/f;;

माघ ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको पक्षमा महत्वपूर्ण योगदान पु¥याउने राष्ट्रिय गौरवहरुलाई स्थापित गर्न इतिहास खोतल्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

d'l:nd d'lQm df]rf{ g]fkn4f/f cfof]hLt wd{lg/k]Iftf / d'l:nd d'4f ljifos cGt/lqmof sfo{qmddf cfkmgf] wf/0ff /fVg' x'b} k|wfgdGqL k'iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt,/f;;

शनिवार दिउसो राष्ट्रिय सभागृहमा जननायक रामप्रसाद राईको जीवनीमा आधारित पुस्तकको लोकार्पण समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरामा जोड दिनुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले भन्नुभयो ‘हामी आफैले देश र जनताको पक्षमा उच्च योगदान गर्ने रामप्रसाद राई, कामी बुढा, भिमदत्त पन्त लगायतका महान् योद्धाहरुको सम्मान गर्न सक्नु पर्दछ । त्यस्ता गौरबहरुलाई इतिहासवाट खोतलेर भए पनि स्थापित गरौं ।’

प्रधानमन्त्रीले २००७ सालको सशस्त्र विद्रोहका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभुति घोषणा गर्न आफूले पहल गर्ने जानकारी दिँदै २००७ सालको विद्रोह, २०२८ सालको झापा विद्रोह, रामराजाप्रसाद शिंह नेतृत्वको विद्रोहसहित जनताको तहवाट भएका सबै विद्रोहको पछिल्लो कडी माओवादी जनयुद्ध भएको स्पष्ट पार्नुभयो । उहाँले जनयुद्धको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना संभव भएको वताउँदै यसलाई संस्थागत गर्दै उत्पीडित वर्गलाई थप अधिकार दिलाउन नयाँ निष्कर्षसहित नयाँ अभियानमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।