दाङ, ८ माघ । प्राविधीक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा आयोजना गरिएको धार्मीक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ मा आज छैठौ दिन ७५ लाख बढी रकम दान संकलन भएको छ । महायज्ञको छैठौ दिन आज शनिवार ७५ लाख ५६ हजार ७ सय ५ रुपैया दान संकलन भएको महायज्ञ आयोजक मूल समितिका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । महायज्ञमा शनिवार ४० लाख बढी नगद दान संकलन भएको छ भने ३० लाखको जग्गा दान संकलन भएको छ ।
पद्मोदय पब्लीक नमुना माध्यामिक विद्यालय घोराही ११ भरतपुरको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं स्तरिय प्राविधीक शिक्षालय सञ्चालनार्थ “सबै धर्मबीच एकता, हामी सबैले बुझौ प्राविधीक शिक्षाको आवश्यकता” भन्ने मुल नारामा साथ घोराहीमा माघ ३ गतेदेखी सुरु भएको महायज्ञमा एकल महिलाले ३० लाख बराबरको जग्गा दान गर्नुभएको छ । घोराही ११ रतनपुरका सीता शर्मा अधिकारीले श्रीमान स्वर्गीय कुमार अधिकारीले स्मृतिमा रतनपुरमा रहेको ३० लाख बराबरको जग्गा दान गर्नुभएको महायज्ञ आयोजक मूल समितिका कोषाध्यक्ष निशान्त आचार्यले जानकारी दिनुभयो ।
महायज्ञका आज छैठौ दिन महायज्ञमा घोराही २ पनौराका दामोदर न्यौपानेले स्वर्गीय वुवाको स्मृतिमा २ लाख ५ हजार ५ सय, सांसद अनिता देवकोटा र उहाँका श्रीमान निर्मल देवकोटाले १ लाख ११ हजार १ सय ११, अर्थ मन्त्री कृष्णबहादुर महराले १ लाख ५ हजार ५ सय ५, मानपुर ९ का जगन्नाथ अधिकारीले १ लाख ५ सय ५, घोराही उमेशमार्गका फनिराज पोख्रेलले १ लाख ५ हजार ५ सय ५५, घोरही १० का मिनादेपी श्रेष्ठले १ लाख ७ हजार ५ सय, घोराही ११ का बलदेव योगीले १ लाख ५ हजार ५ सय ५५, घोराही ११ भरतपुरका पपउमावि विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भगिरथ उपाध्याय, छोरा मदन अधिकारीले १ लाख १ हजार १ सय ११, घोराही ११ का गजराज अधिकारी र भोजराज अधिकारीले १ लाख ११ हजार १ सय ११, घोराही ११ का भगवान केसीले १ लाख ५ हजार ५ सय ५५, घोराही ११ भरतपुरका भुवनेश्वरी श्रेष्ठले ५५ हजार ५ सय ५५, घोराही ५ का कोकीलादेवी उपाध्यायले ५१ हजार १ सय ५, घोराही ११ का बमबहादुर बस्नेत र दामीदेवी बस्नेतले १ लाख १ हजार १ सय १, घोराही ५ नवलपुरका शशीकिरण रानाले ५१ हजार १ सय ५, काठमाडौ बालकोटका ईश्वरी केसी न्यौपानेले ५१ हजार १ सय ५५, घोराही १० का गुप्तप्रसाद रोका मगरले ५१ हजार ५ सय ५५, घोराही १० बसन्तविहार टोलका टेकबहादुर डाँगी, सीता डाँगी, छोरा अमर डाँगीले ५१ हजार १ सय ११, घोराही ११ का छविनारायण गिरीले ५५ हजार ५ सय ११, घोराही १० का गोविन्दप्रसाद पोख्रेलले ५६ हजार १ सय ५, घोराही २ का माया रेग्मीले ५१ हजार ५ सय ५, घोराही ११ का डा. शास्त्री मोतिलाल डाँगीले ५१ हजार ५ सय ११, आईबोस् ग्लोबल मार्केटिङ काठमाडौँले ५१ हजार १ सय ११, लक्ष्मीपुर ७ का भोला अधिकारीले ५१ हजार ५ सय ११, घोराही १० का तिलक सुवेदीले ५१ हजार ५ सय ५ रुपैया, प्राध्यापक डा. अर्जुन बुढाथोकीले ५५ हजार ५ सय ५, घोराही ११ का टिकाराम केसी र शीवा केसीले ५५ हजार ७ सय ५५, घोराही ४ का लक्ष्मी अधिकारीले ५१ हजार ५ सय ५५, घोराही ७ सेवारका तेजबहादुर बुठाथोकीले ५१ हजार १ सय ५ रुपैया दान गर्नुभएको महायज्ञ आयोजक मूल समितिका कोषाध्यक्ष निशान्त आचार्यले जानकारी दिनुभयो । साथै अन्य दाताहरुले पनि दान गर्नुभएको महायज्ञ आयोजक मूल समितिका सहकोषाध्यक्ष अनुसूया अधिकारीले जानकारी दिनुभयो । महायज्ञमा आज तुलादानबाट ६ लाख ६१ हजार ६ सय ५२ रुपैया संकलन भएको छ ।
महायज्ञमा आज छैठौ दिन दिउसोसम्म ३८ जनाले तुलादान गरेका छन् भने ५ वटा ब्रतवन्ध, ७ लक्ष्यवर्तिका सम्पन्न भएको तुलादान समितिका सयोजजक कृष्णप्रसाद रिजालले जानकारी दिनुभयो । यसैगरि महायज्ञमा ग्रहजप, रुद्रि लगायतका अनुष्ठानका कार्यहरु भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।
