गिरिराज नेपाली/ घोराही ६ पुस । जिल्लामा छ्याप छ्याप्ती गैर कानुनी स्वास्थ्य संस्थाहरु रहेको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा रहेका ९० प्रतिसत स्वास्थ्य संस्थाहरु यस्तो पाइएको छ ।
कार्यालयका अनुसार नीजि अस्पताल, औषधी पसल, पोलिक्लिनिक र मेडिकलहरु गैर कानुकी रुपमा सञ्चालनमा आइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले वताएको छ । जिल्लामा संचालित सयौ निजि औषधी पसल तथा हस्पिटलहरु अवैध रुपमा संचालनमा रहेको कार्यालयकै तथ्याकमा उल्लेख गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार जिल्लामा संञ्चाालित निजि औषधी पसल , क्लिनिक तथा हस्पिटल गरी ३० वटा मात्रै अनुमति प्राप्त छन । तीनको पनि माघ मसमन्त सम्मका लागि ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका वरिष्ठ जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलका अनुसार जिल्लामा ३० वटा निजि स्वास्थ्य केन्द्रले वैधानिक रुपमा संञ्चालनका लागि अनुमति लिएका छन ।
त्यसरी अनुमति लिनेमा लाईफ केएर डाईनोस्टक प्रा.लि. घोराही , डिनोमा डेन्टल क्लिनिक घोराही , लमही हेल्थ केएर पोली क्लिनिक प्रा.लि. लमही , स्मृति प्याथोलोजि तुलसीपुर दाङ, देउखरी स्वास्थ्य क्लिनिक एण्ड मेडिकल सेन्टर लमही , वि.पि. पोली क्लिनिक एण्ड मेडीकल सेन्टर लमही , अधिकारी दन्त सेवा लमही , सगरमाथा डेण्टल हस्पिटल क्लिनिक घोराही , स्वर्गद्धारी डेण्टल हस्पिटल तुलसीपुर. , न्यू मनकामना डेण्टल क्लिनीक घोराही , पन्थि दन्त सेवा घोराही , रजत मेडिकल सेन्टर प्रा.लि. घोराही दाङ, चिनारी हस्पिटल प्रा.लि. घोराही , घोराही हस्पिटल प्रा.लि. घोराही , विनोद प्याथोलोजि तुलसीपुर. , कामना प्याथोलोजि घोराही , सुवर्ण प्याथोलोजि घोराही , वि.आर. डेण्टल हस्पिटल तुलसीपुर दाङ, दिपज्योती अस्पताल घोराही , संगम पोली क्लिनिक घोराही , विश्वास मेडिकल एण्ड पोली क्लिनिक प्रालि घोराही , पुरन्धारा हस्पिटल एण्ड डाईगोनोस्टिक सेन्टर हापुरे दाङ, शिवाज पोली क्लिनिक घोराही , तुल्सीपुर सिटि पोली क्लिनिक तुलसीपुर. , आदर्श स्वास्थ्य क्लिनिक घोराही , विन्देवासी मेडिकल सेन्टर घोराही ११ दाङ, मालिका स्वास्थ्य क्लिनीक तुलसीपुर, स्माईल डेन्टल क्लिनिक लालमटिया दाङ , गोर्खा पब्लिक हस्पिटल प्रा.लि. घोराही , राप्ती लाईफ केयर हस्पिटल तुल्सीपुर दाङ लगाएत रहेका छन ।
वाँकी निजि अस्पताल,औपधी पसल तथा क्लिनिकहरु अनुमति विना नै सञ्चालनमा रहेको पोख्रेलले वताए । उनले भन्ने अनुमति पत्र विना नै सञ्चालनमा रहेको त्यस्ता औपधी पसल तथा क्लिनिकहरु लाई माघ मसान्त सम्ममा दर्ता गरी अनुमति पत्र लिन सक्ने प्रावधान स्वास्थ्य मन्त्रालय गरेको जानकारी पनि दिए । कानुन वमोजिम अनुमति नलिई संञ्चालनमा रहेको निजि स्वास्थ्य क्लिनिकहरु प्रक्रियामा आएमा कानुनी कारवाही गरिने र अनुगमन गरी वन्द समेत गरिने उनले वताए ।
अधिकाश औषधी पसल तथा क्लिनिकहरु अवैध रुपमा संञ्चालनमा रहेकाले ति पसलहरु छानविन गरी आवश्यक कार्वाही गर्ने सरकारले निर्देशिका जारी रहेका उनले वताए । निजि सेवा केन्द्रको सेवा स्तरियता , भौतिक संरचना , उपकरण , डाक्टरको उपलव्धता लगाएतका आधार मानि निजि स्वास्थ्य केन्द्र दर्ता गर्न सकिने छ ।
दर्ताका लागि आवेदन दर्ताहरुकाहरुको हकमा ३ गुणा र नयाँ आवदेन दर्ताको हकमा ५ गुणा राजस्व वुझाई अनुमति पत्र लिन सकिने प्रावधान नितिमा व्यावस्था गरेको जनाएको छ । उता केहि औषधी तथा मेडिकल पसल सञ्चालकहरुले भने आफुहरुले औषधी व्यवस्था विभागबाट अनुमति लिएकाले जिल्लामा नलिएको प्रतिक्रिया दिएका छन । राप्ती समाचार
