kamlari

घोराही ६ पुस ।   मध्य तथा सुदुरपश्चिमका पाँच जिल्लाका अझै २ सय २२ जना कमलहरी उद्धार गर्न वाँकी रहेको मुक्त कमलहरी विकास मञ्च दाङले जनाएको छ । भन्ने  ति मध्ये २७ जनाको अवस्था अज्ञात रहेको जनाएको छ ।

दाङमा २८ , वाँकेमा  १० , वर्दियामा १  सय १  कैलालीमा ४० र कञ्चनपुरमा ४३ जना कमलहरीहरु उद्धार गर्न वाँकी रहेको  जनाएको छ । दाङमा ५ , वाँकेमा  ६ , वर्दियामा ४ र कैलालीमा १२ जना कमलहरीको अवस्था अज्ञात रहेको  मुक्त कमलहरी विकास मञ्चकी अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन ।

यसरी बेपत्ता हुनेहरुमा दाङका  सर्मिला चौधरी , सिता चौधरी , जुग्री चौधरी , मनि चौधरी र आशा चौधरी रहेका छन  । भन्ने बर्दियाका  आशरानी थारु  ,तुलारानी थारु , चिजमानी थारु , श्रीकृष्ण थारु , रहेका छन । कैलालीका उमा चौधरी , दुख्नी चौधरी , लौटी चौधरी , लक्ष्मी चौधरी , साहना चौधरी ,  सुनिता चौधरी , टिका चौधरी  , मनिषा चौधरी , हेमा चौधरी , सर्या चौधरी , आशा चौैधरी  र रिता चौधरी रहेका छन ।

त्यसैगरी वाँकेकी ममता थारु  , रजिता थारु, विपती थारm , शान्ती थारु र प्यारी थारु रहेका छन । यि मध्ये सवै २० वर्ष मुनिका रहको मञ्चकी अध्यक्ष चौधरीले वताइन ।  चौधरीले भन्निन ‘ मालिकको घरमा गए देखी उनीहरु परिवारमा एक पटक पनि फर्केका छैनन र कहाँ कस्तो अवस्था छन कुनै जानकारी समेत  पाइएको छैन ।

२ सय २२ जनाको उद्धार गर्न वाँकी हुन । तर २७ जनाको  वेपता छन ।  वाँकी सवै हुनेखानेको घरमा छन ।  पहिचान खुले पनि उद्धारमा निकै समस्या छ ।  उनले भन्निन ‘ नेताहरुका घरमा लुकाई छिपाई राखिएकाले उद्धार गर्न समस्या भएको छ । ’  नेता , शिक्षक   र सरकारी कार्यालयका प्रमुखहरुका घरमा कमलरी राखिएको छ  उनले भनिन ‘हामी जान्छौ तर त्यहाँ उनीहरु नाताले लगाई राखेका हुन्छ ।

भन्ने २७ जना कहाँ कस्तो अवस्थामा राखिएको छ  । तिनिहरुको कुनै पत्तो छैन । हामी संग तथ्याङ छ । तर खोज्न जाँदा त्यहा फेला पर्दैन्न । उनले भन्निन सरकारले नेपाल लाई कमैया कमलहरी मुक्त राष्ट्र घोषणा गरे पनि प्रभावकारी रुपमा कार्यन्वयन गर्न नसक्दा अझै कतिपय वालवालिकाहरु कमैया कमलहरी जीवन विताउन वाध्य छन ।

संविधानमा सिमित छ  व्यवहारमा लागु भएको छैन ।  कार्यन्वयन गर्नेवालाहरुको घरमा राखिएका छ । कसरी  कमैयाले मुक्त पाउने होे । उनले भन्निन ‘ सरकारले मुक्त ग¥यौ तर अझै लुकाई राख्ने प्रचलन बढेको छ । ’ पहिला खुल्याम कमैया राखिन्थ्यो । तर हिजो आज नाता लगाई,  मेरो आफन्त हो भनि राख्ने गर्दछन ।  कतिको मृत्यु भयो , कति लाई मालिकले अन्यत्र पठाएको गुनासो छ ।

तर कहाँ कुन ठाँउमा पठाएको छ । न परिवार लाई थाहा छ । न अरु कसै लाई नै थाहा छ । मञ्चको अगुवाईमा खोजी रहेका छौ । तर अझै २७ जना मध्येको एउटाको पनि कुनै पत्तो छैन ।