इन्द्रेणी संवाददाता
दाङ, १४ जेठ
जिल्ला जनसंख्या कार्यक्रम तथा जेसी कार्यक्रमका बारे जिल्लास्तरिय सरोकारबालाहरु बिच अर्धबार्षिक समिक्षा कार्यक्रम आज सुक्रबार घोराहीमा सम्पन्न भएको छ ।

feature

जिल्ला जनस्वास्थ्य कार्यालय दाङको आयोजनामा भएको जनसंख्या तथा जेसी समिक्षा कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको जनसांख्यिक तथा सामाजिक समाबेशीकरणका सवालहरुको पहिचान गरी त्यसमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

स्थानीय बिकास अधिकारी रमेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख जनस्वास्थ्य प्रशासक डा भुबन पौडेलले जेसी समाबेशीकरण तथा जनसंख्या नितीका बारे प्रकाश पार्नुभएको थियो ।
त्यस्तै परिबार नियोजन अधिकृत किशोर आचार्यले जिल्ला जनसंख्या कार्यक्रमका बारे प्रकाश पार्नुभएको थियो भने जिल्ला जनसंख्या समन्वय समितिका सदस्य द्घय महेन्द्र बहुमुखी क्याम्पसका जनसंख्या बिषयका शिक्षकहरु कृष्ण प्रसाद पौडेल र सुदर्शन रिजालले नेपाल तथा दाङ जिल्लाको जनसांख्यिक अबस्थाथा सामाजिक समाबेशीकरणका सबालबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष स्थानीय बिकास अधिकारी रमेश गौतम तथा प्रहरी प्रमुख कुबेर कडायतले जिल्लाका जनसांख्याक समस्या तथा सामाजिक समाबेशीकरणका सवाल तथा आबश्यकता पहिचान गरी ती क्षेत्रहरुमा लगानी बढाउनपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक ओम पी न्यौपानेले गर्नुभएको थियो ।।