तिलक प्रताप चन्द
दाङ, ४ माघ । व्यवसायिक र व्यवहारिक सिप र ज्ञान आजको आवश्यकता हो । पढेर उपलब्धी पाउने हरेक विधार्थी र अभिभावकको चाहना हुन्छ ।

ind_imgसोही लक्ष्यअनुसार यहि शैक्षिक वर्षदेखि शान्तिनगर गाविसको विपी उचच मावि वयाले र वाघमारे गाविसेको जनकल्याण माविमा कृषि प्राविधिक विषयको पठनपाठन चलेको छ ।

मौलिक र सरल विषयका कारण यस बिषयलाई घरमा पनि अभ्यास गर्दा पनि बुझ्न सकिने भएका कारण यो विषयप्रति सामुदायिक विधालय महत्वका साथ लिएका छन  ।

विपि उमावि शान्तिनगर र जनकल्यान मावि बाघमारेले २०७३ को समयबाट कक्षा ९ बाट कृषि विषय विधालय स्तरमा प्राराम्भ गरेको छ । जिविसले २५१ वटा प्रयोग सामाग्री १६ लाख रकममा कृषिको प्रयोगशालासहित यी दुई सामुदायिक विधालयले यसलाई संञ्चालनमा ल्याइएको हो

यो विषयमा विद्यार्थीहरुको अत्यधिक आकर्षण छ । नेपाल एउटा कृषि प््रदान मुलुक भएकाले र यसमा पनि दाङ कृषिका लागि सम्भावित जिल्ला भएकाले यो शिक्षा अत्यन्त उपयोगी भएको विद्यार्थीहरु बताउछन् ।