तुलसीपुर, ३ माघ । सुचना तथा सञ्चार मन्त्री शुरेन्द्रकुमार कार्की दाङ आउने भएका छन् । राष्ट्रिय समाचार समिति राप्ती अञ्चल कार्यालय तुलसीपुरको नयाँ भवनको शिलान्यास गर्नका लागि उनी दाङ आउन लागेको राष्ट्रिय समाचार समिति अञ्चल कार्यालय राप्तीका प्रमुख नारायणी रजौरेले जानकारी दिएकी छिन् ।

ram-karkiरजौरेका अनुसार सुचना तथा संञ्चार मन्त्री कार्की माघ ४ गते मंगलवार बेलुकी नै दाङ आउने छन् । कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, महाप्रवन्धक निर्मला आचार्य को पनि सहभागीता रहने जनाइएको छ ।

यसैविच रासस राप्ती प्रमुख नारायणी रजौरेले माघ ५ गते विहान साढे ८ बजे रासस कार्यालय परिसर तुलसीपुरमा हुने भवन शिलान्यास कार्यक्रममा जिल्लाका सांसद, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु ,विभिन्न दलका प्रतिनिधी , नागरिक समाज, पत्रकार महासंघ लगाएत सम्पुर्ण सञ्चारकर्मी , ,उद्योगी ,व्यापारी,व्यवसायी तथा सम्पूर्ण शुभेच्छुकहरुलाई उपस्थितीका लागि अनुरोध गरेकी छिन् ।