एजेन्सी, ३ माघ । बंगलादेशका कप्तान मुशफिकर रहिमलाई न्युजिल्याण्डसँगको टेस्ट क्रिकेटको क्रममा बलले टाउमामा लागेको छ । न्युजिल्याण्डका टिम साउथीले बलिङ गरेको बल बंगलादेशका कप्तान रहिमको हेलमेटमा लागेको हो ।
उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । एक्स–रे बाट उनको टाउकोमा गम्भीर चोट नदेखिएको र उनको अवस्था अहिले सामान्य रहेको टिमका प्रवक्ताले बताएका छन् । रहिमले चिन्ता नर्गन आग्रह गरेका छन् । दुई टेस्टको श्रृँखलाको पहिलो खेलमा बंगलादेश सात विकेटले पराजित भएको छ ।