काठमाडौं, ३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट हटाइएका सुशील ज्ञवालीले आज सोमवार सर्वोच्च अदालतमा सरकारविरुद्ध रिट दायर गरेका छन् ।
आफूलाई गैरकानूनी र बदनियतपूर्ण ढङ्गले हटाइएको जनाउँदै पूर्वसीईओ ज्ञवालीले सर्वोच्च अदालतमा सोमवार रिट दायर गरेका हुन् ।
सर्वोच्चमा दायर गरेको रिटमा उनले आफुलाई काम गर्ने बाटो खोलिदिनका लागि अन्तरिम आदेश माग गरेका छन्। रिटमा आफूलाई हटाउने निर्णय र डा।गोविन्दराज पोखरेललाई नियुक्त गर्ने सरकारी निर्णयलाई बदर गर्न माग गरिएको छ ।
ज्ञवालीले टिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा।पोखरेलाई समेत विपक्षी बनाएका छन् ।











