इन्द्रेणी संवाददाता
रोल्पा, १४ जेठ
विद्यालयमा समयमै पाठ्यपुस्तक नपुगेको भन्दै नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तीकारी रोल्पाले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । jiikaकक्षा सुरु भएको झन्डै २ महिना वितिसक्दा रोल्पाका विद्यालयहरुमा पुर्णरुपमा पाठ्पुस्तक अझै पुग्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला शिक्षा कार्यालय रोल्पा र रोल्पामा क्रियाशिल राजनैतिक दलको ध्यानाआकर्षण गराएको हो । अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराउन विरोध सभा गरेको छ ।

सभालाई सम्बोधन गर्दै अखिल क्रान्तीकारीका केन्दीय सदस्य वीर बहादुर घर्ती आवाले पाठ्यपुस्तक पाउने विद्यार्थीको मौलिक अधिकार भएपनि अधिकारबाट वञ्चीत भएको वताउनुभयो । रोल्पामा मात्र नभएर देशका सवै विद्यार्थीलाइ समयमै पाठ्यपुस्तक उपलव्ध गराउन सरकराको ध्यान जानुपर्ने वताउनुभउयो ।।