संजय कुशवाहा

नवलपरासीको जिल्लाको त्रिवेणी सुस्ता ९ लक्ष्मीपुरमा खेल मैदान समुदघाटन तथा क्षेत्र स्तरिय फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ ।
खेल मैदान निर्माण समितिको आयोजना तथा कालिका युवा क्लबको सहयोगमा क्षेत्रिय फुटबल प्रतियोगिताको उदघाटन आज बाट सुरू भएको छ।

15995821_391108007903061_1130857377_nप्रतियोगिताको उदघाटन कार्यक्रममा सस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक गोविन्द श्रेष्ठको प्रमुख अथित्यता तथा खेल मैदान निर्माण समितिका अध्यक्ष ज्ञान प्रसाद पाठक को अध्यक्षता रहेको थियो ।सो अवसरमा जिल्ला खेलकुद समितिका अध्यक्ष कुमार आले त्रिवेणी सुस्ता गाविस का सचिव बेल प्रसाद भण्डारी ,सुरेन्द्र प्रसाद बस्याल ,विष्णु ठकाल ,ईश्वर प्रसाद उपाध्याय ,सागर उपाध्याय लगायतहरूको उपस्थिति रहेको थियो ।

खेल मैदान निर्माण समितिका कोषाध्यक्ष ईश्वर प्रसाद उपध्यायको स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रमको संचालन सागर मणि पाण्डेले गर्नु भएको थियो ।

क्षेत्रिय फुटबल प्रतियोगितामा क्षेत्रका करिब १६ ओटा टिमको सहभागी रहने छ ।प्रतियोगितामा बिजयी टिमलाई १० हजार नगद ,सिलड र मेडल दिनेछ भने उपविजेता लाई ५ हजार नगद,सलड र मेडल दिने छ । सो प्रतियोगिता ७ दिन सम्म संचालन रहने आयोजकले जानकारी दिएको छ ।