काठमाडौँ, २८ पुस । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत यु हङबीच भेटवार्ता भएको छ ।

Chines-ambassadarकोटेश्वरस्थित नेता नेपालको निवासमा भएको भेटमा राजदूत हङलाई स्वागत गर्नुका साथै उनको पूर्ण कार्यकालको सफलताको कामना गरे । नेपाल–चीन तथा आफ्नो पार्टी ९एमाले० र चिनियाँ कम्युनिस्ट पार्टीबीच सुमधुर एवम् ऐतिहासिक सम्बन्ध रहेको पनि पूर्व प्रधानमन्त्री नेपालले चर्चा गरे ।

नेपाल एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमा नेपाल उनले उल्लेख गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।