दाङ, २३ पुस । सरकारले संसदमा प्रस्तुत गर्न खोजेको विधेयकको विरोधमा दाङमा क्रियाशिल संयुक्त संघर्ष समितिले यहि पुसको २७ गतेका दिन विरोध सभा गर्ने भएको छ ।

birodh-sabhaसंयुक्त संघर्ष समितिका संयोजक एवं नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा शनिबार घोराहीमा बसेको बैठकले पुस २७ गते घोराहीमा वृहत विरोध सभा आयोजना गर्ने निर्णय गरेको हो । बैठकले घोराहीमा ¥यालीको आयोजना पश्चात विरोध सभा गर्ने निर्णय गरेको छ ।

बैठक पछि नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, संघर्ष समितिका सचिव तथा राष्ट्रिय जनमोर्चा दाङका सचिव गणेश आचार्य र नेकपा मालेका सचिव तथा संघर्ष समितिका सदस्य नेत्रप्रकाश पाण्डेले जारी गर्नुभएको विज्ञप्तीमा विशाल विरोध सभामा सहभागिताका लागि आम मजदुर, किसान, बुद्धिजिवी, व्यवसायी, युवा, विद्यार्थी लगायत आम जनसमुदायलाई आग्रह गरिएको छ ।