काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले छापामार शैलीमा संविधान संसोधन गर्न लागेको बताएका छन् ।
आज पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले यसरी छामापार शैलीमा गर्न लागिएको संविधान संसोधन एमाले र आम जनतालाई स्वीकारर्य नहुँनेसमेत टिप्पनी गरे ।
‘नेपाली भाषामै हामीले संशोधन मान्दैनौं भन्दा पनि सरकारले बुझेको छैन’, ओलीले भने, ‘छापामार शैलीमा मध्यरातमा संविधान संशोधन पारित हुनसक्दैन ।’
संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसद अवरोध नहट्ने बताउदै अध्यक्ष ओलीले यो मौका फिर्ता लिने सरकारलाई राम्रो मौका भएको बताए । संसोधनको विषयमा सर्वाेच्चको फैसलाबारे पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष ओलीले संसोधनका विषयमा अदालत बोल्न नमिल्ने बताए ।
