काठमाडौं, २१ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।

indernionlineकाम सन्तोषजनक नभएको भन्दै आज बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो । बर्खास्त गरिएका ज्ञवालीले सरकारलाई बुधवार मात्रै स्पष्टीकरण बुझाएका थिए ।

सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सरकारी संरचनाहरुको पुनर्निर्माणको काम चित्त बुझ्दो नभएको भन्दै ज्ञवालीसँग एक साताको समय दिएर गत बिहीबार स्पष्टीकरण सोधेको थियो । ज्ञवाली नेकपा एमाले नेतृत्व ओली सरकारका पालामा एक वर्ष अघि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।