bato1

तुलसीपुर, २१ पुस ।  तुलसीपुर नगरपालिकाले निर्माण गर्ने भनिएको चक्रपथको चार वडाका स्थानीयहरुले विरोध जनाएका छन् । तुलसीपुर वडा नं. ६,१२, १३ र १४ गरि चारवटा वडाबासीका १०५ जना सर्वसाधरण व्यक्तिहरुले संयुक्त विज्ञप्ति मार्फत चक्रपथ निर्माणको विरोध गरेका हुन ।

 तुलसीपुर नगरपालिका चक्रपथ निर्माण समितिले उल्लेखित स्थानहरुका बासीहरु संग कुनै सम्पर्क र सम्वन्ध नराखी आफ्नै किसिमले प्राविधिकलाई देखाएर सुपैला– राईखलियान सडक खण्डलाई हुलाकी सडक भनि चक्रपथ निर्माण गर्न थालेको भन्दै विज्ञप्ति मार्फ विरोध गरिएको छ ।

तुलसीपुर ६ गोलोरा निवासी तेजबहादुर डाँगीले सुपैला– राईखलियान सडक खण्डलाई आधार मानेर चक्रपथ निर्माण गर्दा सयौं गरिवहरुको उठिबास लाग्ने भएकोले भएकोले विरोध गर्नू परेको  बताए । उनले आफ्नो वडा र गाँउ बस्ति भएर चक्रपथ निर्माण गर्न नदिने अडान दोहर्याएका थिए ।

तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीलाई उक्त आशय समितको ज्ञापन पत्र समेत स्थानीहरुले बुझाएका छन् । ‘ उपमहानगर पालिकाको अवधारणा सेमत आइसकेको अवस्थामा चक्रपथ निर्माणको प्रक्रियालाई बृहतरुपमा लैजानुको सट्टा केही व्यक्तिले आफ्नो निहीत स्वार्थका कारण सुपैला–राईखलियान सडक खण्डलाई आधारमानेर चक्रपथ बनाउन खोजेपनि त्यो कुनै हालतमा पुरा हुने छैन ।’ डाँगीले भने ।

उनले व्यक्त गरेको चिन्ता अनुसार चक्रपथ निर्माण हुने हो भने झन्डै ४२ मिटर चौडा सडक आवश्यक पर्छ र त्यति चौडा सडक निर्माण गर्दा धेरैको उठिवास लाग्छ भन्ने नै थियो ।

स्थानीय वासीहरुद्धारा हस्ताक्षरित ज्ञापन पत्रको मुख्य आषय पनि त्यही नै छ । आफुहरुको सहमति बेगर नक्साङकन भइरहेको उल्लेख गर्दै त्यसलाई तत्काल रोक्न स्थनीयहरुले बुझाएको ज्ञापन पत्रमा माग गरिएको छ ।