माधव वेल्वासे
कपिलवस्तु २० पुस । इलाका प्रशासन कार्यलय चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालको नेतृत्वको टोलिले सोमवार राति १२ वजे दक्षिणि भेगवाट ल्याउदै गरेका १७१ गोरु सहित ८ ट्रकमा छापा मारेको छ ।
विशेष सुराकिको आधारमा मध्यरातमा शिवराज नगरपालिका खरेन्द्रपुर वाट नियन्त्रणमा लिइएको हो ।कागजले वेरेर ल्याएको अवस्थामा प्रकाउ गर्न सफल भएको अधिकृत जगदिश अर्यालको भनाई छ ।
पछिल्लो समयमा तस्करिका घटना वढ्दो रुपमा रहेकोले नियन्त्रणका लागि प्रयास गरेको अर्यालले वताएका छन । ट्रक र गोरु प्रहरिको नियन्त्रणमा रहेको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराई जानकारि दिनुभयो ।यस वारे थप अनुसन्धान भइरहेको भट्टराईको वताए ।
