काठमाडौं, १४ पुस । महानगरीय प्रहरी अपराध महमाशाखाले सात किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले हिजो बेलुका सात किलो सुनसहित रसुवाको कुलसाङ लामालाई कलंकीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

15th_gold_1428839f_20140417095339_20140417115857-e1453366252620पक्राउ परेका लामाले भन्सार छलेर रसुवागढी नाकाबाट धादिङ हुँदै सुन काठमाडौं भित्र्याएको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

त्यो ठूलो परिमाणमा सुन कनि र कसरी ल्याउन लागिएको विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले बताए पनि उनी कसैको भरिया भएर सुन ल्याउन लागेको अनुमान गरिएको छ । उक्त सुन अहिलेको नेपाली बजार भाउमा साढे ३ करोडबराबरको हुन आउछ ।