सुनसरी, १४ पुस । सुनसुरीको दुहवी–३ की पवित्रा विष्टको घाँटी रेटेर हत्या भएको छ ।
माउण्ट मनास्लु बोर्डिङ स्कुलका प्रिन्सिपल शंकर थापाको घरमा काम गर्दै आएकी ३५ वर्षकी विष्टको गएराति हत्या भएको हो ।
हत्याको अनुसन्धानका लागि प्रिन्सिपल थापालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





