इन्द्रेणी संवाददाता
दाङ, ८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली शनिवार दाङ आउने भएका छन् । नेकपा माओवादी केन्द्र पाँच नम्मर प्रदेश बैठकलाई संवोधन गर्न उनी दाङ आउन थालेको माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य डायमण्डले जानकारी दिए ।

nepal-prime-minister-pushpa-kamal-dahal-prachanda_1473944402प्रचण्ड शनिवार विहान रुकुमको चुनवाङ हुँदै रोल्पाको घर्तीगाउँमा कार्यक्रम सकेर दिउसो साढे ११ बजे दाङ आउने छन् । प्रचण्ड आए लगत्तै घोराही स्थित होटल भिङ्ग्रेली भिलेजमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको प्रेस सेन्टर दाङका सचिव पाण्डव शर्माले जानकारी दिए ।

उनले पत्रकार भेटघाट कार्यक्रममा सहभागी हुन सम्पूर्ण पत्रकारहरुलाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्रीले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाट गरि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ । प्रम भोली नै काठमाडौं प्रस्थान गर्ने छन् । माओवादी केन्द्रको प्रदेश बैठकमा सहभागि हुन सहभागीहरु शुक्रवार देखि नै दाङ आउने क्रम शुरु भएको छ ।

प्रस्तावित पाँच नम्मर प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषयमा बहश भइरहँदा नेकपा माओवादी केन्द्रले प्रदेशस्तरीय बैठक दाङमा राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादीले यस अघि पनि दाङमा प्रदेश बैठक गरेको थियो । उसका विभिन्न भातृसंगठनहरुले पनि दाङमा नै प्रदेशस्तरीय बैठक तथा विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् ।