तुलसीपुर, ८ पुस । यहाँका अतिविपन्न, असाहय, दलित गरिव, निमुखा तथा गिट्टि कुटेर खाने अभिभावकका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरीएको छ । यस क्षेत्रका विभीन्न संघ संस्थाहरु तथा व्यक्तिहरुको सहयोग वाट दुई सय ६ जना बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरीएको हो । ज्ञान ज्योति प्राथमिक विद्यालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई न्यानो कपडा वितरण गरेको विद्यालयका प्रधानाध्याक मेघराज घिमीरेले जानकारी दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका कार्यकारि अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा न्यूसिपिसिका अध्यक्ष नवराज लामिछाने, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली, दिर्घायू पोली क्लिनिकका अध्यक्ष विनोद शर्मा, नागरीक वडा मञ्चका संयोजक यमुना शाह, नगर स्तरीय दलित सञ्जालका संयोजक करण परियार, पत्रकार ओपेन्द्र वस्नेत, झरेन्द्र खरेललगायतकाले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य यमुना परियारको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक मेघराज घिमीरेले गरेका थिए । करिव ६० हजार बढीको न्यानो कपडा विभीन्न व्यक्तीलाई वितरण गरीएको हो । त्यस्तै मानव अनुग्रह दाङले पनि यस क्षेत्रका दुई दर्जन अपाङ्ग, दृष्टि विहिन परिवारका बालबालीकाहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाका अध्यक्ष टोपबहादुर महतराको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा दाङका विभीन्न क्षेत्रका दुई दर्जन बढी बालबालिकाहरुलाई मानव अन अनुग्रहका अध्यक्ष महतरा र डिभाईन टेम्पल एकाडेमी तुलसीपुरले शैक्षिक सामाग्री प्रदान गरेको हो ।
उनीहरुलाई क्रीसमसको उपल्क्षमा सहयोग गरेको बताएको छ । कार्यक्रमममा पाष्टर सालिकराम शाहु, विक्रम चौधरी, वलविर सेरपाइली, बालअधिकार कर्मी निरला अर्याल गैरे, तुलसीपुर उद्योग वाणिज्य संघका सचिव मिनराज भण्डारी, अपाङ्ग मञ्च वडा नं ५ का अध्यक्ष नन्दा परियार, वडा नं २ का रामबहादुर खड्का, डिभाईन टेम्पलका सहायक प्रिन्सीपल खुमराज केसी, विन्दु न्यौपाने, हाम्रो पहुँच विद्यालयका प्रिन्सीपल डिआर भण्डारी, पत्रकार बसन्त पौडेललगायतले बोलेका थिए । कोषाध्यक्ष गिता थापाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण घनस्याम चौधरीले गरेका थिए ।
