गोरखा, ८ पुस । उर्जामन्त्री जनार्दन शर्माले सरकारले अहिले ‘नेपालको पानी, जनताको लगानी’को अवधारणा अघि सारेको बताएका छन् ।

janardanआज गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा शर्माले सोही अवधारणा अनुसार नै सरकारले उज्यालो नेपालको अभियान सञ्चालन गरेको बताए ।

कार्यक्रममा उर्जामन्त्री हामीले प्रविधि र चुहावटमा भएको बेथिति कम गरेर काठमाडौंमा लोडसेडिङ अन्त्य गरेका छौं । नयाँ आयोजनाहरुको सञ्चालन, प्राधिकरणका बेथितिको अन्त्यले लोडसेडिङ अन्त्य गर्न सकिन्छ । अहिले काठमाडौंमा लोडसेडिङको अन्त्य गरिएको छ, यो प्रधानमन्त्रीको परिकल्पना र निर्देशनको परिणाम हो’,   भने ।