दाङ, ८ पुस । दाङको लमहीमा निर्माणाधीन क्रिकेट मैदानको निर्माणकार्यले तीव्रता पाएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मापदण्डमा बन्न लागेको उक्त मैदानको निर्माण कार्य अहिले तीव्ररूपमा अगाडि बढेको लमही नगर विकास समितिका सबइञ्जिनीयर तुलसीराम अर्यालले बताए ।
लमही नगर विकास समितिले उक्त मैदान निर्माणका लागि रू। १ करोड ३१ लाखमा टेण्डर आह्वान गरेको थियो । तर, निर्माण कम्पनीको प्रतिस्पर्धामा विलोमा झरेर रू। ८२ लाख ६७ हजारमा टेण्डर प्राप्त गरेको नगर विकास समितिले बताएको छ ।
आर्थिक वर्ष २०५७र०५८ मा मैदानको निर्माण शुरू गरिए पनि विभिन्न समस्याका कारण निर्माण कार्यले तीव्रता पाउन सकेको थिएन । ‘निर्माणकार्य शुरू गरेको लामो समय बित्दासमेत बीचमा केही कामबाहेक उपलब्धिमूलक काम हुन सकेको थिएन,’ अर्यालले भने, ‘तर अहिले यसको गुरुयोजना नै बनाएर अघि बढाइएको छ ।’ उनका अनुसार अहिले मैदान निर्माणका लागि दैनिक २ ओटा डोजरले फिल्डको कटिङ गर्ने काम भइरहेको छ भने चारैतिर तारबार गरी सुरक्षित गर्ने काम पनि अघि बढेको छ ।
करीब ३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त मैदानको पूर्णरूपमा काम सम्पन्न गर्न झण्डै रू। २३ करोडको स्टीमेट गरिएको छ । नगर विकास समिति लमहीले २३ करोड रुपैयाँको गुरुयोजनासमेत निर्माण गरिसकेको सबइञ्जिनीयर अर्यालले बताए ।
डाइमेन्शन कन्सल्टेन्सी काठमाडौंले झण्डै ६ लाखको लागतमा क्रिकेट मैदानको डिजाइन स्टिमेट तयार गरिसकेको छ । उक्त डिजाइनअनुसार २२ हजार दर्शकले एकैसाथ खेल हेर्न सक्नेछन् । डिजाइन स्टिमेटअनुसार मैदानको व्यास ९डाइमिटर० १ सय ३७ मिटर र अर्धव्यास ९रेडिएस० ६५ मिटर छ । यो क्रिकेट मैदान निर्माण भएमा दाङकै नमूना र ठूलो खेलमैदान हुनेछ । अहिलेसम्म मैदानका लागि विभिन्न क्षेत्रबाट करीब रू। २ करोड लगानी भइसकेको छ ।