तुलसीपुर, ६ पुस । तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना हुन लागेको मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन एंव औद्योगिक कृषि मेला अन्तरगत गठित स्टल वुकिङ उपसमितिको वैठक आज तुलसीपुरमा सम्पन्न भएको छ ।
उपसमितिका संयोजक मिनराज भण्डारीको अध्यक्षता एवं संघका कार्यवाहाक अध्यक्ष सेवकराम भण्डारीको प्रमुख आतिथ्यतामा वसेको वैठकले स्टल वुकिङकोलागि स्थानीय व्यापारी, उद्योग प्रतिष्ठान, कृषि फर्म लगायतलाई पहिलो प्राथमिकता दिदै यही पुस १५ गतेभित्र स्टल वुकिङ लागि अनुरोध गर्ने निर्णय गरेको छ ।